पोखरामा मःम मेला ः रु ५५ हजारको एउटै मःम

पोखरामा मःम मेला ः रु ५५ हजारको एउटै मःम

वासुदेव पौडेल/ पोखरा, ५ फागुन । पर्यटकीय नगरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भोलिदेखि तीन दिनसम्म पेप्सी मःम मेला हुने भएको छ ।

आर इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको सहकार्यमा पोखरामा गर्न लागेको दोस्रो मेलामा विभिन्न २५ थरिका मःमको स्वाद एकै ठाउँमा लिन सकिने भएको छ । कार्यक्रम संयोजक रविन गुरुङका अनुसार मेलाको आकर्षणका लागि रु ५५ हजारको लागतमा मःमको डल्लो प्रदर्शन गरिने छ ।
momo
मेलामा एक लाख दर्शक आउने अपेक्षा गरिएको जानकारी दिँदै उहाँले प्रदर्शनी अवधिमा दर्शकलाई लक्षित गरी रु १० लाख मःमका डल्ला बनाउने तयारी गरिसकिएको बताउनुभयो । आगामी फागुन ८ गतेसम्म चल्ने मेलामा लगभग ७० वटा स्टल रहने र त्यसमा २० वटा स्टल रेस्टुराँ हुने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यावसायिक प्रयोजनका रहने प्रचारप्रसार उपसमितिकी संयोजक ज्योति क्षेत्रीले जानकारी दिनुभयो ।

मेलाले पोखराको पर्यटकीय विकासमा थप मद्दत पु¥याउने र यो आन्तरिकका साथै बाह्य पर्यटनको विकासका लागि पनि महत्वपूर्ण बन्ने विश्वास गरिएको छ । नेपालमा पछिल्लो समय मःमः बढी प्रयोग हुने खाजाका रुपमा विकास भइरहेका बेला यसका पारखीले मेलालाई रुचाउने अपेक्षा गरिएको क्षेत्रीको भनाइ छ ।

चिकेन, बफ र मटन मःमको स्वाद मात्रै चाखेका पारखीले मेलामा २५ प्रकारका मःमको स्वाद लिन पाउने छन् भने दार्जिलिङ्का साथै काठमाडौँको मःमको स्वाद पनि मेलामा लिनसक्ने व्यवस्था मिलाइएको छ । मेलामा सहभागी दर्शकले पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, बिग, ओमन, माछा, ससेज र चकलेट मःमको स्वाद लिन सक्नेछन् ।

सांस्कृतिक उपसमितिका संयोजक पुजन कोइरालाका अनुसार मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट, फेसन विक र डिजे सेसन राखिएको छ । मेला सम्पन्न गर्न रु ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने संयोजक गुरुङले बताउनुभयो ।

“पोखरा प्राकृतिक रुपले अत्यन्त दर्शनीय स्थान भएकाले यो पर्यटकको विशेष रोजाइमा परेको छ,” उहाँले भन्नुभयो, “यो प्राकृतिक सुन्दरताको भरपुर उपयोगका लागि शान्तिपूर्ण वातावरण आवश्यक रहेकाले अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र निर्माण यहाँको आवश्यकता हो ।” मेलाको उद्घाटन सडक बालबालिकालाई २५ वटै थरिका मःम खुवाएर गरिने भएको छ । रासस

तपाइँको प्रतिक्रिया ।