नेका काठमाण्डौ जिल्ला अधिवेशन ४ र ५ गते

नेका काठमाण्डौ जिल्ला अधिवेशन ४ र ५ गते

IMG_20160214_160305कपन अनलाइन/फाल्गुण २,२०७२
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अंतर्गत यतिखेर देशभर जिल्ला अधिवेशन चलिरहेको छ । सभापति सुशील कोइरालाको असामयिक निधनले रोक्किएको काठमाडौ जिल्ला अधिवेशन फाल्गुण ४ र ५ गते हुने सूचना भर्खरै जारी भएको छ । नेका क्षेत्र नं ४ का सभापति राजू श्रेष्ठले कपन अनलाइनलाई पठाएको कार्यक्रम तालिका अनुसार ४ गते बिहान मनोनयन पत्र दर्तादेखि भोलिपल्ट ५ गते साँझ मतगणना सम्मको कार्यक्रम रहेको छ । कार्यक्रमको तालिका अनुसार मनोनयन पत्र दर्तादेखि उम्मेद्वारको अंतिम नामावली प्रकाशन सम्म सबै प्रक्रिया टेकु स्थित निर्वाचन समितिको कार्यालयमा हुनेछ भने निर्वाचन कार्यक्रमचाहि प्रज्ञा भवन कमलादीमा हुनेछ ।

काठमाडौ जिल्ला सभापतिका लागि हाल जिल्ला सभापति रहेका भीमसेन दास प्रधान र सबुज बानियाँ एक अर्कासंग प्रतिष्पर्धा गर्ने अनुमान गरिएको छ । प्रधान गगन थापाका प्रतिनिधि उम्मेदवार हुन् भने बानियाँ प्रकाशमान सिंहका प्रतिनिधि हुन् ।

तपाइँको प्रतिक्रिया ।