ब्लडप्रेसरका कारण मष्तिस्कघात भई नरहरि आचार्यको अबस्था गंभीर, तत्काल अपरेशन गर्दा झन ख़तरा हुने- डा. देवकोटा

ब्लडप्रेसरका कारण मष्तिस्कघात भई नरहरि आचार्यको अबस्था गंभीर, तत्काल अपरेशन गर्दा झन ख़तरा हुने- डा. देवकोटा

कपन अनलाइन/माघ २६, २०७२

कांगेस नेता नरहरि आचार्यलाई आज बिहान निधन हुनु भएका नेका सभापति सुशील कोइरालालाई श्रद्धान्जली दिन जांदा मष्तिष्कघात भयो । समयमै अस्पताल पुर्याए पनि उनको हालत गंभीर अबस्थामा रहेको छ । उहाँलाई आशा गर्ने वा नगर्ने कुरामा ५०-५० को अबस्था रहेको डा. उपेन्द्र देवकोटाले आज अपरान्ह एक पत्रकार सम्मलेन गर्दै बताए । डा. देवकोटा को अनुसार ४-७ दिन उहाँको स्वास्थ्य बारे यसै भन्न नसकिने अबस्था छ । आचार्यका दाहिने भाग प्यारलाइसिस भएको छ तथा उनी बोल्न सक्ने अबस्थामा छैनन् ।

चुरोट, बिंडी, रक्सी, मासुसम्म नखाने आचार्य लामो समयदेखि ब्लडप्रेशरका रोगी थिए। डा. देवकोटाका अनुसार आचार्यलाई मष्तिस्कघात भएको र यो बिसुद्द ब्लडप्रेसरका कारणले भएको हो । देवकोटले अगाडि थपे, ब्लडप्रेसरले मुटुलाई मात्र खराबी गर्छ भन्ने जनचेतना भएको तर ब्लडप्रेशरले मष्तिस्कघातको संभावना झन ज्यादा हुने बताए । आचार्यको चेतनाको स्तर, छातीको इन्फेक्सन तथा मष्तिस्क मा पानी जम्ने अबस्था भएको खण्डमा तत्काल अपरेशन गरिने देवकोटाले बताए । तर अप्रेसन गर्दा ज्यान बचाउने  संभावना ३० प्रतिशत मात्र हुने जानकारी पनि गराए ।

DSC_0228

तपाइँको प्रतिक्रिया ।