बुनपामा एमालेको प्रशिक्षण नै प्रशिक्षण

बुनपामा एमालेको प्रशिक्षण नै प्रशिक्षण

received_732774360158084कपन अनलाइन/ माघ २६, २०७२

नेकपा एमालेले बुढानीलकंठ नगरपालिकामा लगातार संगठन बिस्तार र प्रशिक्षणमा  व्यस्त छ । नेकपा एमाले काठमाण्डौ क्षेत्र ४ को बुढानिलकण्ठ वडा १४ र १९ को संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य तथा  सांसद डा.राजन भट्टराई को विशेष आतिथ्यता थियो ।  कार्यक्रम जिल्ला सदस्य मिठाराम अधिकारी, संगम गहतराज, क्षेत्रीय उपाध्यक्ष् लक्ष्मी संग्रौलालगायतको उपस्थितिमा भएको थियो।

सो कार्यक्रममा प्रशिक्षक राजन भट्टराईले यो नाकाबंदीबाट पाठ सिकेर नेपाललाइ संमृद्ध मुलुक बनाउनु पर्ने बताए। नेपाली जनताको धैयर्ता र सहनशीलता प्रसंसायोग्य रहेको र अबका दिनमा यो शक्तिलाइ निर्माणमा लगाउनु पर्ने बताएको क्षत्रिय सदस्य पुण्यराज पुडासैनि ले बताए।

कार्यक्रमका अर्का प्रशिक्षक घनश्याम भुसाललेले अबको नेपालको बामपंथी र प्रजातान्त्रिक आन्दोलनको मूलधार नेकपा एमाले नै हुने ठोकुवा गरे। आगामी मुद्दा आर्थिक नभए नेपाली जनताले कुनै पनि पार्टीलाइ नपत्याउने हुनाले त्यसतर्फ अगाडि बढ्नु पर्ने उनले बताए।

यो संविधान पूँजीवादी र साम्यवादीको संयुक्त घोषणा पत्रको रुपमा रहेको छ। यसका प्रावधान प्रगतिशील छन।यो संबिधानमा महत्वपूर्ण कुरा के छ भने खान पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको छ। यसलाइ मौलिक अधिकारको रुपमा उल्लेखित गरिएको प्रशिक्षक घनश्याम भुसालले बताए । बुढानिलकण्ठ १४ का संयोजक पुरुषोत्तम नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा १४ का संयोजक खेम मिश्र ल स्वागत मन्तव्य गरेका थिए ।

received_732774343491419

तपाइँको प्रतिक्रिया ।