सुशील कोइरालाको असामयिक निधन, महाधिवेशन स्थगित

सुशील कोइरालाको असामयिक निधन, महाधिवेशन स्थगित

Sushil-Koirala

कपन अनलाइन/माघ २६, २०७२
नेपाली राजनीतिका शिखर पुरुष सुशील कोइरालाको गए राति १०.३० बजे निधन भएको छ । चिसो तथा निमोनियाका कारणले उनको निधन भएको बताइएको छ भने अपुष्ट समाचार अनुसार कोइराललाई हर्टअट्याक पनि भएको हुन सक्छ । पार्टीको १३ आँै महाविशेनका पूर्वसन्ध्यमा सभापतिको मृत्यू पनि सिंगो नेपाली कांग्रेस पार्टी यतिखेर शोकमा डुबेको छ ।
कोइराला निवास महाराजगन्ज वरपर यतिखेर कार्यकर्ता तथा नेताहरुको घुँइचो लागेको छ । पार्टीका वरिष्ठ नेताहरु आउने क्रम जारी छ भने महाधिवेशनको रन्कोमा परेका कार्यकर्ताहरु कोइरालको निधनको खबरले छटपटाएका देखिन्छन् । हिजो नेका काठमाडौं जिल्ला अधिवेशनको उद्घाटनमा प्रमुख अतिथि भएर जानु पर्ने कार्यक्रममा पुग्न नसकेका कोइरालाको राति नै यस्तो खबर आउँछ भनेर नेता तथा कार्यकर्ताहरुले सोचेका थिएनन् । यसैबीच कोइरालाको निधनसँगै महाधिवेशनका सबै कामहरु हाललाई अर्काे सूचना नआएसम्म भनेर स्थगित गरिएको छ । नेपाली राजनीतिकका शिखर पुरुषप्रति हार्दिक समवेदना । (फोटो सौजन्य:गुगलमार्फत)

तपाइँको प्रतिक्रिया ।