क्षेत्र नं. ४ मा गगनका को को आए ? राजुका को को आए ?

क्षेत्र नं. ४ मा गगनका को को आए ? राजुका को को  आए ?

कपन अनलाइन/माघ २५
काठमाडौं क्षेत्र नं. ४ ले सँधै सबैको चासोको विषय बन्ने गरेको छ । चर्चित युवा नेता गगन थापाको क्षेत्र भएका कारण यो क्षेत्रमा हुने सबै गतिबिधिका बारेमा चासो हुने गरेको हो । गगन थापाले के गरे ? के गरेनन् ? उनीसँग जनताको सम्बन्ध कस्तो छ ? जनताको काममा उनको चासो कति छ ? भन्ने विषयलाई सबैले चासो दिइरहेका हुन्छन् । १३ औँ महाधिवेशनको सिलसिलामा यस क्षेत्रमा गगनका कट्टर आलोचक मानिने राजु श्रेष्ठले सभापति बिजय गरेपछि गगन थापा आफ्नै क्षेत्रमा विजय हुन सकेनन् भन्ने समाचार चारैतिर फैलिएको छ । यसै क्रममा केही समाचार माध्यमले यस क्षेत्रबाट जिल्ला, महाधिवेशन तथा क्षेत्रीय सदस्यहरुमा कस्को बहुमत छ भनेर चासो पनि देखाएका छन् ।
यसै सेरोफेरोमा हालसम्म संस्थापन पक्षीय मानिने गगन थापा र देउवा पक्षीय राजु श्रेष्ठले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरु बारेमा कपन अनलाइनलाई प्राप्त पछिल्लो जानकारी यस्तो छ ।
महाधिवेशन प्रतिनिधिहरुः
१. कर्माछिरिङ शेर्पा (प्रकाशमान सिंह/राजु श्रेष्ठ)
२. आत्माराम पौडेल( देउवा)
३. चिरन्जिवीनिधि तिवारी(संस्थापन)
४. अनारदेवी बस्नेत(देउवा)
५. साधुराम खड्का(कृष्ण सिटौला)
६. नरोत्तम वैद्य(देउवा)
७. जानु घिमिरे(राजु)
८. लाक्पा लामा(राजु)
९. शुशील नाहटा(राजु)
१०. विमल भित्रकोटी(राजु)
११. शैलेश सिटौला(गगन)
जिल्ला सदस्यहरुः
१. रोहित पौडेल(गगन)
२. पुरुषोत्तमराज खकुरेल(राजु)
३. सन्तोष खड्का(राजु)
४. सानुकान्छा श्रेष्ठ(संस्थापन)

क्षेत्रीय समितिः
१.सभापतिः राजु श्रेष्ठ(देउवा)
२. सचिवः विनोद चालिसे(गगन)
३. कोषाध्यक्षः कल्पना मल्ल ठकुरी(राजु)
४. सदस्यः श्यामकृष्ण संगत(चिरन्जिवीनिधि)
५. सदस्यः इन्द्र थापा( गगन)
६. सदस्यः रिता बुढाथोकी(राजु)
७. सदस्यः रमेश महर्जन(गगन)
८. सदस्यः काशिलाल श्रेष्ठ(राजु)
९. सदस्यः किरणनाथ रेग्मी(गगन)
१०. सदस्यः प्रेम क्षेत्री(राजु)
११. सदस्यः निरज सत्याल(राजु)

तपाइँको प्रतिक्रिया ।