काठमाडौं कांग्रेसमा प्रधान, बानियाँ, बैद्य र जोशीले उम्मेदवार दिने

काठमाडौं कांग्रेसमा प्रधान, बानियाँ, बैद्य र जोशीले उम्मेदवार दिने

Desktop9

कपन अनलाइन / माघ २५, २०७२
१३ औँ महाधिवेशनको क्रममा रहेका नेपाली कांग्रेसले माघ २५ र २६ मा देशभरका करिब ७० जिल्लामा जिल्ला अधिवेशन गर्दैछ । इकाई, क्षेत्रहुँदै जिल्ला अधिवेशन हुने क्रममा पार्टीभित्रको गुटबन्दि चौतर्फि पोखिएको छ । कामाडैँ जिल्लामा पनि पार्टीभित्रको बिभिन्न धार र गुटबन्दि छताछुल्ल भएको छ । काठमाडौ जिल्ला सभापतिमा नेपाली कांग्रेसभित्रका बिभिन्न गुटका बिभिन्न नेताहरुले आज उम्मेदवारी मात्र दिएनन् दिनभर गुटबन्दिमा सभा तथा भेटघाटमा व्यस्त रहे ।

सभापति उम्मेदवारी दावी गर्नेहरुमा हाल काठमाडौ जिल्ला सभापति रहेका सभासद भिमसेनदास प्रधानले पुनः एकपटक सभापतिको दावी गरेका छन् । सभापतिको दावी गर्ने प्रधानलाई संस्थापन पक्षबाट गगन थापालगायतको समर्थन रहेको छ । प्रधानलाई देउवापक्षीय कतिपय मत पनि जाने देखिन्छ । यद्यपि देउवा पक्षीय उम्मेदवार भनेर आजै पशुपति विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम बैद्यले उम्मेदवारी दिने जनाएका छन् । त्यसैगरी आजै बिभिन्न भेला आयोजना गरी अर्का व्यापारी नेता सबुज बाँनिया पनि उम्मेदवारी दिएका छन् । प्रकाशमान सिंह निकट बानियालाई १२ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पराजित भएका राजन केसीको समर्थन रहेका छन् । त्यस्तै काठमाडौं काँग्रेसका अर्का हस्ति नविन्द्रराज जोशीको समर्थनमा राजुराज जोशीले पनि उम्मेदवारी घोषणा गरेका छन् । जोशी पूर्व काठमाडौ जिल्ला सचिव पनि हुन् ।

काठमाडौं कांग्रेसमा देउवा पक्षधरको कम हावी तथा प्रकाशमान सिंहको ज्यादा हावी भएकाले प्रधान र बाँनियाबीच चुनावी माहौल बन्ने धेरैले आंकलन गरेका छन् भने कतिपयले यसपाला पनि भिमसेनदास प्रधानले नै जित्ने अनुमान गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।