संगठन विस्तार गर्दै एमाले बुनपा-१४

संगठन विस्तार गर्दै  एमाले बुनपा-१४

कपन अनलाइन/माघ २५, २०७२

नेकपा एमालेको बूढानीलकण्ठ नगरपालिका १४ वडा कमिटीले आफ्नो संगठन विस्तारमा आक्रामक ढंगले लागेको छ । करिब १ वर्ष अगाडि गठन भएपनि सांगठनिक कार्यक्रम संचालन नगरेको आरोप खेप्दै आएको उक्त कमिटी अब आफ्ना कार्यक्रमहरु चरणबद्धरुपमा अगाडि बढाउने मनस्थितिमा रहेको वडा संयोजक पुरुषोत्तम नेपाल बताउँछन् । वडा नं. १९ को जिम्मेवारी हस्तान्तरण एमालेको बुनपा १४ कमिटीले बुनपा १९ वडा कमिटी गठन गरी पार्टी जिम्मेवारी हस्तान्तरण गरेको छ । तत्कालीन रुपमा १४ वडा मै रहेको कपन गाविसका ७,८ र ९ वडालाई गत असोजमा मन्त्रिपरिषद्को निर्णयले बुनपाको वडा नं १९ बनाएपछि आफूले हेर्दै आएको उक्त क्षेत्रको पार्टीको  कामलाई हस्तान्तरण गरेको बुझिएको छ । अब नेकपा एमालेको बुनपा १९ को जिम्मेवारी खेम मिश्रले पाएका छन् । एमालेका जिल्ला नेताहरु दीपक निरौला र मीठाराम अधिकारीको उपस्थितिमा माघ १६ गते मिश्रको नेतृत्वमा डल्ले लामा उपाध्यक्ष, अंगुर पौडेल सचिव, सुनिता गुरुङ उपसचिव रहेको कमिटी गठन गरिएको एमालेका क्षेत्रीय सदस्य पुण्यराज पुडासैनीले बताएका छन् ।

आकाश श्रेष्ठको नेतृत्वमा युवासंघ बुनपा १४ गठन

नेकपा एमालेको बुनपा १४ कमिटीले भ्रातृसंगठन युवा संघ नेपालको वडा कमिटी गठन गरेको छ । माघ २३ गते शनिवार कपनमा आयोजित युवा भेलाबाट आकाश श्रेष्ठ अध्यक्ष, गोपाल के.सी. उपाध्यक्ष, सरोज धिताल सचिव, सयल पौडेल सहसचिव, कुमार पुडासैनी कोषाध्यक्ष रहेको २५ सदस्यीय कमिटी बनाएको एमाले वडा कमिटीका विष्णु भट्टराईले बताएका छन् । उक्त कार्यक्रममा युवा संघको केन्द्रिय कमिटीका सदस्य तथा एमाले क्षेत्र नं. ४ का नेता निरञ्जन नेपाल, युवा संघ क्षेत्र नं. ४ का अध्यक्ष अजय सुब्बा, बुनपा १४ एमाले संयोजक पुरुषोत्तम नेपाल लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको बुझिएको छ ।

12666339_1107740162592291_1169913101_n

तपाइँको प्रतिक्रिया ।