एमाले बुनपा-१२ को कार्यकर्ता प्रशिक्षण सम्पन्न

एमाले बुनपा-१२ को कार्यकर्ता प्रशिक्षण सम्पन्न

कपन अनलाइन/माघ २५, २०७२

एमाले बुनपा-१२ वडा कमिटीले आफ्नो कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । बुनपा घोषणा भएपछि करिब एक वर्ष तत्कालीन कपनकै अवधारणामा नगरका वडाहरुले संयुक्त रुपमा आफ्ना कार्यक्रमहरु गर्दै आएपनि एमाले १२ नं. वडाले सो कार्यको निरन्तरतामा क्रमभंगता गरी एक्लै आफ्नो कार्यक्रम आयोजना गरेको छ । सांसद राजन भट्टराई र एमाले उपत्यका इन्चार्ज सानु श्रेष्ठले उक्त अवसरमा कार्यकर्ताहरुलाई वर्तमान राजनीतिक अवस्था, सरकारमाथि भइरहेको चौतर्फी प्रहार र एमाले कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका केन्द्रित रहेर प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

‘सपना देख्ने नै विषम परिस्थितिमा हो’ भन्दै भट्टराई सो अवसरमा “लोडसेडिङ्गको बेलामा लोडसेडिङ्ग हटाउने सपना देख्नु, ग्याँस नपाएको बेलामा पाइपबाट ग्याँस बाँड्ने सपना देख्नु आश्चर्यको कुरा नभएको बताउँदै ०५४/०५५ मा कृष्णप्रसाद भट्टराई मेलम्चीको पानी ल्याउँछु भन्दा नपत्याउने वर्ग आज जसरी त्यो पानी चाँडै आउनुपर्छ भनी नारा लगाउँछ त्यसैगरी अबको केही वर्षमा प्रधानमन्त्री ओलीका सपना चाँडो गर्नुपर्छ भन्दै नारा लगाउँछ” भन्दै नेतृत्वले आफ्नो सपनालाई कार्यान्वयन तहमा नलगेमात्र आलोचना गनुपर्ने बताए । एमाले बुनपा-१२ का अध्यक्ष नवराज भट्टराईको पहलमा आयोजित कार्यक्रममा  स्थानीस्तरका नेता एवम् कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो ।

12674467_732098333559020_482568280_n

तपाइँको प्रतिक्रिया ।