कपनमा कालोबजारी गर्न राखेको ठूलो परिमाणको पेट्रोलियम पदार्थ बरामद

कपनमा कालोबजारी गर्न राखेको ठूलो परिमाणको पेट्रोलियम पदार्थ बरामद

माघ २ गते  /बूढानीलकण्ठ नगरपालिका-१२, साततल्ले कपन र कामनपा-६, सरस्वतिनगरको सीमानाबाट प्रहरीको अपराध महाशाखाको टोलीले कालोबजारी गर्न राखेको ठूलो परिमाणको पेट्रोलियम पदार्थ बरामद गरेको छ ।

Untitled-1

गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा लुकाई राखेको करिब ३ हजार लिटर पेट्रोल र डिजेल बरामद गरेको बताएको छ । प्रहरीले उक्त कालोबजारीमा संलग्न ओखलढुङ्गा जिल्ला कुन्तादेवी गाविस-२ घर भई हाल बूढानीलकण्ठ-१२, कपन बस्ने वर्ष ३० को शंकर गिरी र सोहि जिल्ला बलाखु -८ घर भई हाल कामनपा-६, सरस्वतीनगर बस्ने वर्ष २५ को प्रकाश सापकोटालाई नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।