पूराना नेता साधुराम खड्काको केन्द्रिय कमिटिमा जाने तयारी

पूराना नेता साधुराम खड्काको केन्द्रिय कमिटिमा जाने तयारी

IMG_0642

कपन अनलाइन/ माघ २१, २०७२
काठमाडौं जिल्लाको उत्तरी भेककै पूराना तथा क्रियाशिल नेताको रुपमा परिचित साधुराम खड्काले महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रमा जाने तयारी गरेका छन् । ०४२ सालको सत्याग्रहको अभियन्तामध्ये एक खड्का सत्याग्रहकै कारण ९ महिना जेल सजाय पाएका नेता हुन् । हाल क्षेत्र नं. ४ का नेताहरुमध्ये धेरै काम गरेका नेता मानिने नेता साधुराम खड्का हाल नेकाको केन्द्रिय अनुसान्धान तथा अभिलेख विभागका सदस्यसमेत रहेका छन् । १२ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका खड्का ४७ ४८ सालमा नेबिसंघका कार्यालय सचिव थिए । ०४८ सालपछि नियमितरुपमा क्षेत्रीय सभापति, जिल्ला सदस्य, महासमिति सदस्य बनिसकेका खड्का यसपाला केन्द्रिय सदस्य बन्ने चाहना राखेको बताउँछन् । कपन अनलाइनसँगको छोटो भेटमा आजसम्मको काम तथा परिपक्वतालाई ख्याल गरेर साथीहरुले यसपाला महाधिवेशन प्रतिनिधि बनाएर केन्द्रमा जाने बाटो खोलिदिने आशा रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।