गगनले न्हुच्छेनारायणलाई सभापति बनाएपछि राजु श्रेष्ठको विजय अभियानभित्र खुशीयाली

गगनले न्हुच्छेनारायणलाई सभापति बनाएपछि राजु श्रेष्ठको विजय अभियानभित्र खुशीयाली

कपन अनलाइन/ माघ २१, २०७२
अन्ततः नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले आफ्नो निर्वाचन क्षेत्रमा सभापतिको उम्मेदवारको रुपमा हालका सभापति न्हुच्छेनारायण श्रेष्ठलाई नै दाउ थापेका छन् । न्हुच्छेनारायणले सभापति उम्मेदवारी पाएको खबरसँगै गगन थापा विपक्षी खेमा भनेर चिनिएको राजु श्रेष्ठ पक्षले आरामको सास फेरेको छ । प्रभावका हिसाबले न्हुच्छेनारायणभन्दा अर्का सम्भावित उम्मेदवार श्याममकृष्ण संगत अगाडि देखिएको अवस्थामा गगन थापाको यो निर्णयलाई धेरैले आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम भएको बताएका छन् । न्हुच्छेनारायणको कार्यशैलीबाट धेरैभन्दा धेरै कृयाशिल सदस्य रुष्ट भएको अवस्थामा उनलाई किन सभापति पदको उम्मेदवार बनाइयो भन्ने बारे धेरैजनालाई आश्चर्य पारेको छ ।

ttt6

कपन अनलाइन तथा नेपाल टेलिग्राम डटकमको सर्वेक्षणमा सबै संभावित उम्मेदवारभन्दा बडि मत ल्याएका संगत संगठनका क्षेत्रमा अब्बल ठहरिएका व्यक्ति थिए । २ वर्ष अघिदेखि सम्भावित सभापति भनेर हल्ला गरेर अहिले क्षेत्रभरी राजु श्रेष्ठको सहज अवस्थामा बनेको बेला संगतलाई टिकट नदिनुलाई उनी स्वयम् पनि काखमा राखेर घाँटी रेट्ने काम भएको बताउँछन् । भावुक स्वभावका संगत रातोपुल दरबारबाट भएको यो भीरबाट लड्ने निर्णयप्रति अत्यन्त निराश देखिए भने छोटो भेटमा न्हुच्छेनारायण श्रेष्ठ भने खुशीयाली अवस्थामा थिए । यो निर्णय धेरै पहिलै भएको थियो, तपाइँहरुले अहिले थाहा पाउनु भएको हो, न्हुच्छेनारायण श्रेष्ठले थपे । रातोपुल दरवारको यो निर्णयप्रति क्षेत्र नं. ४ को प्लेमेकर भनिने बयोबृद्ध नेता चिरन्जिवीनिधि तिवारी रुष्ट छन् । तिवारीले लामो समयदेखि संगतलाई सभापति बनाउनु पर्ने बहस गर्दै आएका थिए । तिवारी रुष्ट भएपछि श्यामकृष्ण संगतले न्हुच्छेनारायण श्रेष्ठलाई असहयोग गर्ने संभावना धेरै बढेको छ । रातोपुल दरबारबाट न्हुच्छेनारायण श्रेष्ठको नाम सभापतिमा आएपछि राजु श्रेष्ठ स्वयम् पनि खुशी देखिए । उनले परिस्थिति सहजै थियो, यो खबरले जीतलाई झन् दुगुना पार्नेछ ।

केन्द्रमा महामन्त्रि लड्ने तयारी गरिरहेको युवा नेता गगन कुमार थापाले न्हुच्छेनारायणलाई सभापति बनाउने निर्णय गर्नु उनको जीवनकै सबैभन्दा कमजोर निर्णय भएको एक क्षेत्रीय सदस्यले कपन अनालाइनलाई बताए । नाम नबताउने सर्तमा उनले यो निर्णयले गगन थापाको उचाइलाई कमजोर बनाएको छ । उहाँजस्तो सबैले आश गरेको मानिसबाट यस्तो निर्णय आउनु साँच्चै मानिसलाई राजनीतिबाट वितृष्णा आउन सक्छ, उनले थपे । यसैबीच विश्वस्त सुत्रका अनुसार श्यामकृष्ण संगत तथा चिरन्जिीनिधि तिवारी राजु श्रेष्ठको सम्पर्कका आएका छन् । घरको न घाटको बनाएको प्रति संगत तथा तिवारीद्वय रातोपुल दरबारसँग अत्यन्त रुष्ट भएकाले राजु श्रेष्ठसँग सम्पर्क बढाएका हुन् । उनीहरुले आजै वरिष्ठ नेताहरुसँग पनि भेट्न सक्ने बताइएको छ ।

कपन अनलाइन तथा नेपाल टेलीग्रामले गरेको मत सर्वेक्षणको अन्तिम नतिजा यस प्रकारको रहेको छ ।

NC-KTM-4-Voting-Poll

तपाइँको प्रतिक्रिया ।