खेलकुद क्षेत्रका दिग्गज कर्माछिरिङ महाधिवेशन हुँदै केन्द्रिय सदस्य बन्ने तयारी

खेलकुद क्षेत्रका दिग्गज कर्माछिरिङ महाधिवेशन हुँदै केन्द्रिय सदस्य बन्ने तयारी

gn3_1753933563

कपन अनलाइन/माघ २१
नेपाली फुटबल क्षेत्रका विशेष नाम कर्माछिरिङ शेर्पा नेका १३ औँ महाधिवेशनमा केन्द्रिय सदस्य बन्ने दौडमा छन् । एन्फाका पूर्व उपाध्यक्षसमेत रहेका कर्मा गणेश थापालाई एन्फाबाट हटाउन अग्रणी भूमिका निभाउने व्यक्ति हुन् । हिमालय शेर्पा क्लबका अध्यक्षसमेत रहेका कर्मालाई नेपाली फुटबल क्षेत्रमा खेलाडीहरुलाई व्यवसायिक बनाउन वा एकसिजनमा खेलाडिलाई बढिभन्दा भन्दा बढि रकम दिने कार्यको शुरुवात गर्ने व्यक्तिको रुपले पनि चिनिन्छ ।

खेलकुदसहित शिक्षा र राजनीति दुवै क्षेत्र सक्रिय एवम् क्रियाशिल कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसमा लामो समयदेखि बिभिन्न स्वरुपमा समर्पित छन् । १२ औँ महाधिवेशनमा पनि उनी महाधिवेशन प्रतिनिधि थिए र पार्टीको संगठनमा कुशलतापूर्वक सक्रिय थिए । पार्टीको हरेक काम तथा मुभमेन्टमा जतिखेर जहाँ पनि पुग्ने मानिसको रुपमा चिनिने कर्मा १३ औँ महाधिवेशनमा फेरि एकपटक महाधिवेशन प्रतिनिधि भएर केन्द्रिय सदस्य बन्ने तयारीमा छन् । खेलकुदका क्षेत्रमा विशेष सक्रिय भएकाले उनको राजधानीजस्तै धेरै जिल्लाका प्रतिनिधिहरुमा आफ्नो पकड भएकाले केन्द्रिय सदस्य बन्न सहज हुने अनुमान गरिएको छ ।

काठमाडौं क्षेत्र नंं ४ निवासी कर्मा यसपटक पनि महानगरपालिका वडा नं. १ बाट क्षेत्रीय प्रतिनिधिको रुपमा चुनिएका छन् । भोलि माघ २२ गते क्षेत्रीय समितिको निर्वाचनबाट उनी महाधिवेशन प्रतिनिधि बन्न सक्नेछन् भने फाल्गुण १५ मा हुने केन्द्रिय अधिवेशनबाट केन्द्रिय सदस्यमा उठ्ने तयारीमा रहेका छन् । कपन अनलाइनसँगको छोटो भेटमा उनले क्षेत्र नंं ४ का सबै क्षेत्रीय प्रतिनिधिसँग आफूलाई भोट मागिदिन अनुरोध गर्दै महाधिवेशन प्रतिनिधि भएर केन्द्रिय सदस्य बन्न सबै क्षेत्रीय सदस्यहरुलाई मत प्रदान गरिदिन आग्रह गरे ।

तपाइँको प्रतिक्रिया ।