कोइराला गए देउवा क्याम्पमा, ताराले क्याम्प परिवर्तन गरेपछि दोलखा काँग्रेसमा नयाँ समिकरण

कोइराला गए देउवा क्याम्पमा, ताराले क्याम्प परिवर्तन गरेपछि दोलखा काँग्रेसमा नयाँ समिकरण

 दोलखा। संस्थापन पक्षका खरा सभापति भएर १२औं महाधिवेशनमा सभापति शुसिल कोइरालाको प्रस्तावक भएर लागेका तारा बहादुर कोइराला १३ औ महाधिवेशनसम्म आइपुग्दा आफै प्रस्तावक भएर जिताएका शुसिलको विरोधी मात्र भएनन क्याम्प नै परिवर्तन गरेका छन्। शुसिलसँग टाढा भएका ताराले संस्थापनकै उपसभापति रामचन्द्र पौडेलसँग नजिक हुने प्रयास गरेका थिए।

तारा बहादुर कोइराला

पौडेलले पनि उनलाई आफ्नो क्याम्पमा सभापति थपिने भएपछि स्वागत गरेका थिए। त्यसयता पौडेलसँग उठबस बढाएका कोइरालाले महाधिवेशन आएपछि भने अचानक काँग्रेस बरिष्ठ नेता देउवासँग नजिकिएका छन्। कोइरालालाई देउवाकहाँ पुर्‍याउने काम भने काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा निर्माण व्यवसायी जीपछिरिङ लामाले गरेका हुन्। लामाकै पनि देउवासँग भावनात्मक भन्दा पनि लेनदेनकै खालको सम्वन्ध हो। आोफ्नो समुहलाई चाहिने सहयोगका लागि देउवाले सम्झिने नाम जिपछिरिङ थियो। तर हाल शेर्पाको देउवासँग सम्वन्ध पुरानै रुपमा भने थिएन।

देउवा कुनै पनि हालतमा महाधिवेशनबाट सभापति हुन चाहिरहेका छन्। यो अवस्थामा उनले सानो भन्दा सानो सहयोग खोजरहेका हुन्छन। बिशेषगरि राजनीतिक सहयोग। देउवासँग सहयोगको सम्वन्ध टिकिनरहेको बेला शेर्पाले राजनीतिक रुपमा फाइदा लिने प्रयास गरेका थिए। नभन्दै केन्द्रीय सदस्य हुने लालसा राखेर जिल्लाको राजनीतिलाई एकलौटी बनाउने प्रयासमा लागेका ताराले आफ्नो महत्वाकांक्षालाई समेत फाइदा पुग्ने देखेपछि शेर्पासँग देउवाकहाँ पुगेको दोलखा काँग्रेसमा चर्चा छ। देउवाकहाँ पुग्दै गर्दा कोइरालाले माघको दोस्रो साता काठमाडौंमा देउवाका रणनीतिकार विमलेन्द्र नीधिसँग पनि भेट गरेर आफूलाई केन्द्रीय सदस्यमा उमेद्वार बनाएर टीममा राख्न आग्रह गरेका थिए। नीधिले पनि देउवा समुहलाई सहयोग गर्ने प्रस्ताव राखेका थिए। एक अर्कालाई सहयोग गर्ने प्रस्ताव आदानप्रदान गरेर वानेश्वरको नीधि निवासबाट कोइराला छुट्टिएका थिए। शेर्पाकै महाराजगञ्जस्थित निर्माण व्यवसायको कार्यालयबाट दोलखाको राजनीति र केन्द्रीय राजनीतिलाई कसरी प्रभावित पार्दै दुबैजना केन्द्रीय समितिमा पुग्न सकिन्छ भनेर शेर्पा र कोइराला आन्तरिक रणनीतिमा लागेका छन्। केन्द्रमा फरक फरक कित्तामा रहेका उनीहरुले जिल्लामा भने आफ्नो समुहका नेता कार्यकर्ताहरुलाई काखापाखा गर्ने गरेको आरोप छ।

शेर्पा पैसाको बलमा राजनीति र कार्यकर्ता सबै किन्न सकिने भ्रम पाल्छन भने कोइराला ४ पटक सभापति हुँदा जिल्लामा सबै आफ्नो अनुकुल बनाएको भन्ने छ। पैसा र संगठनको बलमा राजनीति कब्जा गर्नेमा दुबैको मिलिभगतमा रुद्र बहादुर खड्का, इश्वर मानन्धर, कुन्दन काफ्ले, केशव चौलागाईहरु वाधक बनेका छन्। यद्यपी यसमध्येका केहि शेर्पा र कोइरालाको साथ पाइन्छकी भनेर चुपचाप छन्। बर्मा लामा उनीहरु विरोधी झै देखिएपनि खुम बहादुर खड्का निकट रहेका लामालाई अन्तिममा समयमा देउवाका निकट मानिने व्यापारी शेर्पाले सहयोग गर्ने अवस्था आउने देखिएको छ। यो अवस्थामा उनीहरुको साथ पाउने आशा गर्ने मानन्धर र काफ्लेहरु पनि हेरेको हेर्यै हुनेछन्। यो अवस्था आए कोइराला र शेर्पाको साथ लामालाई हुनेछ।

त्यसखालको एकमुष्ट लाइन उनीहरुले पहिलो चरणको चुनावमा दिन सक्ने सम्भावना कम छ। तर ४ जना जतिका आकाँक्षीहरु हुँदा पहिलोचरण निष्कर्षविहिन हुँदा दोस्रो चरणमा भने कोइराला र शेर्पा दुबैले लामालाई सहयोग गर्ने अवस्था आउँछ। तर २२ गतेको क्षेत्रीय अधिवेशन पछि तारा कोइराला र जिपछिरिङ लामाले आफ्नो पक्ष मत माग्ने विश्वासमा छन काफ्ले। तर उनको विश्वासलाई पुष्टी गर्ने आधार भने उनीसँग पनि छैन। केन्द्रमा संस्थापन भनेर जिल्लामा देउवा पक्षको लागि काम गर्दैगर्दा दोलखामा संस्थापनको पक्षमा काम गर्ने भरपर्दो मान्छे समेत नहुने अवस्था छ। देउवाका समुहमा रहेर काम गर्दै आएका देवी न्यौपानेहरु पनि यो गठवन्धनले आजित भएका छन्। उनीहरु यो अप्राकृतिक गठवन्धनले उनीहरुलाई मात्र फाइदा हने तर जिल्लाको पार्टी संगठन विग्रने चिन्ता गर्छन। संस्थापनमा पनि आफूलाई ठीक्क पारेर केन्द्रीय समितिमा उमेद्वारी दिनका लागि बढीभन्दा बढी महाधिवेशन प्रतिनिधी बनाउन लागिपरेका शेर्पा र कोइरालाको गठवन्धनको बारेमा धेरैले सकारात्मक रुपमा भन्दा पनि स्वार्थको खोजी शुरु गरेका छन्। हुन पनि अधिवेशन गराउँदा आधा दर्जन गाविसमा भएको धाँधली भएकव उजुरी पर्नु यसैको प्रमाणको रुपमा देखाउनेहरु पनि धेरै छन्।

विशेषगरि क्षमावती वावरे डाँडाखर्क लगायतका आधा दर्जन गाविसको समस्या पनि पार्टी एकलौटी बनाउने प्रयासको उपज हो। यद्यपी उजुरीहरु निर्वाचन समिति र केन्द्रीय निर्वाचन समितिमा पनि परेका कारण कोइराला र जिल्लामा खटिएको निर्वाचन अधिकृतलाई पनि टाउको दुखाइ भने भएको छ। विवाद कायमै नेपाली कांग्रेस गाउँ अधिवेशनको निवार्चन र क्षेत्रिय प्रतिनिधी छनोटको क्रममा दोलखाका विभिन्न आधा दर्जन गाविसहरुमा विवादसँगै निबार्चनको क्रममा धाधली भएको भन्दै निर्बाचन आयोगमा उजुरी परेको छ।

सुस्पाक्षमावती, बाबरे, बोच, पवटी, काटाकुटी र डाडाखर्क गाविसमा निर्बाचनको क्रममा धाधली भएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेको हो । सुस्पाक्षमावती गाविसमा विधि विधान विपरित निर्वाचन गराएको गाउँ सभापति श्याम प्रसाद शिवाकोटीले बताए ।‘निर्वाचनको क्रममा उमेदावारी दर्ताको क्रममा प्रस्ताब र समर्थक विना नै उमेदावारी दर्ता गरेर एक पक्षिय रुपमा निर्वाचन गरेको उनको आरोप छ । उनी भन्छन्,‘लोकतान्त्रिक मुल्य मान्यता र विधि विधान विपरीत निबार्चन अधिकुतलाई समेत जबजस्त रुपमा एक पक्षिय ढंगबाट वशमा पारी बेलुका निवार्चनको नौटंकी गरिएको मान्य नहुने बताए। यस्तै गरी बाबरे गाविसमा भने क्षेत्रिय अधिबेशनका लागी प्रतिनिधी छनोटमा विवाद भएको छ । सक्रिय सदस्य बलराम खतिवडाले भने, ‘बाबरेमा सस्थापन पक्षले विना छलफल एक पक्षिय रुपमा जबजस्ती ढंगले क्षेत्रिय प्रतिनिधी छनोट गरेको छ । त्यो हामीलाई मान्य हुँदैन ।’ अर्का यूवा कार्यकर्ता चन्द्र कुमार श्रेष्ठले प्रजातन्त्रिक पद्धतीलाई लत्याउदै एक पक्षिय रुपमा आफुखुसी कार्यसमितीकै सदस्यको विना सहमति प्रतिनिधी छनोट भएको बताए ।

प्रत्येक गाविसबाट २ महिला अनिबार्य गरे पनि महिलाको ठाउँमा पुरुषलाई प्रतिनिधी बनाएको भन्दै पवटी, काटाकुटी र डाडाखर्कमा निर्बाचन आयोगमा उजुरी परेको छ । यसैगरी बोच गाविसमा महिला प्रतिनीधीको छनोटमा विबाद भएको छ । २ महिला छनोटको क्रममा एक जनालाई मात्रै निबार्चन गराएको एकलाई विना निबार्चन छनोट गरेको आरोप छ । गाउँ अधिवेशनमा जिल्ला सभापति तारा बहादुर कोइरालाको प्रत्यक्ष निर्देशनमा अनियमितता भएको आरोप पिडितहरुको छ। उता निबार्चन अधिकृत गंगाराम यादबका अनुसार दोलखाका २ नगर सहित ४८ गाविसमा निबार्चन सकिएको केही ठाउँमा विवादसंगै उजरी परेकाले त्यसको छानविन समेत क्षेत्रीय अधिवेशन अगाडी नै हुने बताए ।

तपाइँको प्रतिक्रिया ।