चार महिला बेचिनबाट जोगिए, चार आरोपी पक्राउ

चार महिला बेचिनबाट जोगिए, चार आरोपी पक्राउ

रत्ननगर (चितवन), ८ माघ । प्रहरीको सक्रियताका कारण चार महिला बेचिनबाट जोगिएका छन् । एक गिरोहले बेच्न लैजाँदै गर्दा उनीहरुलाई चितवनबाट उद्धार गरिएको र बेचबिखनमा संलग्न चारजनालाई पक्राउ गरेको चितवन प्रहरीले बिहीबार जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ललाइफकाई काठमाडौँबाट चितवन हुँदै महेन्द्रनगरतर्फ लैजाने क्रममा भरतपुरमा उनीहरुको उद्धार गरी चारजनालाई पक्राउ गरिएको हो ।

उद्धार गरिएका महिलामा १९ देखि ३१ वर्षका रहेका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । उनीहरुको घर रामेछाप भएको जनाइएको छ ।

उहाँले पक्राउ परेका चार जनालाई अहिले कानुनी कारबाही सुरु गरिएको जानकारी दिनुभयो । उनीहरुलाई बुधबार भरतपुरको होटल असोकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । फक्राउ पर्नेमा जिल्ला चितवन मङ्गलपुर– ७ बस्ने ३७ वर्षीय सञ्जय तामाङ, तनहुँ केशवटार– २ बस्ने ३७ वर्षीय टोलाराम थापा, धादिङ गजुरी–२ बस्ने ४२ वर्षीय दयाराज कँडेल र स्याङ्जा पञ्चमूल–९ बस्ने ४४ वर्षीय राजु गुरुङ रहेको प्रहरीले जनाएको छ ।

रामेछापका चारजना १९ देखि ३१ वर्ष उमेर समूह ती चारजना महिलालाई रोजगारीका लागि किर्गिस्तान पठाइदिने भनी ललाइफकाई प्रलोभनमा पारी काठमाडौँमा जम्मा गरी नारायणगढसम्म बसमा ल्याएको पीडित महिलाले जानकारी दिएका छन् ।

चितवनबाट महेन्द्रनगरको बाटो हुँदै भारतको विभिन्न सहरमा पु¥याई बेचबिखन गर्ने उद्देश्यले भरतपुरस्थित होटल अशोकामा राखेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो ।

उनीहरुविरुद्ध आज मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।