अन्तर क्लब टि २० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा

अन्तर क्लब टि २० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा

प्रान लिची ड्रिङ्स् रास्ट्रिय
भएको छ । सोमबार सम्पन्न आ(आफ्नो क्वाटरफाइनल खेल जित्दै बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालयन क्रिकेट एकेडेमी तथा हिजो सम्पन्न खेलमा विजय हात पार्दै त्रिभुवन आर्मी क्लब र हिमालय क्रिकेट एकेडेमीले सेमीफाइनलमा स्थान बनाएका हुन् ।

IMG_6271
प्रतियोगिताको सेमीफाइनलमा सोमबार बिहान ९ बजे टियु मैदानमा त्रिभुवन आर्मी क्लब बिरुद्ध बालुवाटार क्रिकेट क्लब तथा दिउसो १ बजे ग्रेट हिमालयन क्रिकेट एकेडेमी बिरुद्ध हिमालयन क्रिकेट एकेडेमी प्रतिस्पर्धा गर्नेछन् ।
टियु मैदानमा सोमबार बिहान सम्पन्न तेश्रो क्वाटरफाइनल खेलमा बालुवाटार क्रिकेट क्लबले एसएस इभेन्टलाई ४६ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाई १४१ रन बनाएको बालुवाटारको प्रतिउत्तरमा ब्याटिंग गरेको एसएसले १५,४ ओभरमा ९५ रनमै पुरै विकेट गुमाउन पुग्यो । कप्तान सुबास खकुरेलले २१ तथा दिपेन्द्र चौधरीले ३४ बाहेक अन्य एसएस ब्याट्सम्यानले उल्लेख्य स्कोर बनाउन सकेनन् ।

IMG_6298
म्यान अफ द म्याच विजय गौतमले १.४ ओभरमा ६ रन मात्रै खर्चेर ५ विकेट लिए पछि एसएस निरिह बन्न पुग्यो िरितेश सिंह र प्रशन्न्न शाक्यले समान २ विकेट हात पारेका थिए । ब्याटिंग तर्फ बालुवाटारका रबिन शाक्यले ७ चौका र १ छक्का मदतले ५९ रन योगदान दिएका थिए । एसएसका बलर अजय राजवंशीले ३ विकेट हात पारे ।
यस्तै चौथो क्वाटरफाइनलमा रोमान्चक ५ रनको विजय हात पार्दै ग्रेट हिमालयन क्रिकेट एकेडेमी सेमीफाइनल प्रवेश गर्यो िटस जितेर ब्याटिंग गर्दै ग्रेट हिमालयले दिएको १३३ रन लक्ष पछ्याउने क्रममा पुल्चोक इन्जिनियरिंग क्याम्पसले २० ओभरमा ८ विकेट गुमाई १२७ रन मात्रै बनाउन सक्यो । गौरभ खड्काले ८ चौका र १ छक्का मदतले ६१ रनको उत्कृस्ट इंनिंग खेल्दै पुल्चोकलाई जित नजिक पुर्याए पनि जितको लागि पर्याप्त हुन सकेन । ४ खेलाडी रन आउट भएको पुल्चोकलाई जित बाट रोक्न ग्रेट हिमालय बलर आशिष पोखरेलले ३ विकेट हात पारे जो म्यान अफ द म्याच घोषित भए ।

IMG_6183
यस अघि राकेश कर्णको अविजित ४७ रन तथा प्रदिप टन्डनको ३० रन मदतले ग्रेट हिमालयले २० ओभरमा ५ विकेट नोक्सानीमा १३२ रन बनाएको थियो ।पुल्चोक क्याम्पसका लागि आस्तिक शर्मा र बिबेक कोइरालाले समान २ विकेट हात पारे ।
खेलको बिजयी खेलाडीहरुलाई युवा संघ नेपालका पुर्ब अध्यक्ष तथा पुर्ब उद्योग मन्त्रि महेश बस्नेतले पुरस्कृत गर्नु भएको थियो । युवा संघ नेपाल केन्द्रीय खेलकुद बिभाग द्वारा आयोजित प्रतियोगिताको फाइनल ६ गते हुनेछ ।

तपाइँको प्रतिक्रिया ।