जितेन्द्र मुखिया र शरद भेसावकरको उत्कृस्ट प्रदर्शन पछि त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनलमा प्रवेश

जितेन्द्र मुखिया र शरद भेसावकरले उत्कृस्ट प्रदर्शन गरे पछि नेपाल इन्जिनियरिङ कलेजलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रान लिची प्रथम रास्ट्रिय अन्तर क्लब टि २० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

IMG_1135

बिहिबारनै सम्पन्न अर्को खेलमा पोखराको माछापुच्छ्रे क्रिकेट क्लबले जी फोर्स क्रिकेट एकेडेमीलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।
टियु मैदान किर्तिपुरमा बिहान सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिंग रोजेको त्रिभुवन आर्मी क्लबले पुरै २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षेतीमा १६० रन बनायो । शरद भेसावकरले ८ चौका मदतले ५९ रन तथा सागर पुनले २९ र अनिल मण्डलले २० रन योगदान दिए भने नरेश बुढायरले ९ , बिनोद भण्डारी ० तथा राजेश पुलामीले ५ रन योगदान दिए । नेपाल इन्जिनियरिङका बलर पाल्देन लामाले ३ विकेट हात पारे ।

IMG_1501

प्रतिउत्तरमा ब्याटिंग गरेको इन्जिनियरिङ कलेजले १६.१ ओभरमा ५३ रनमै सम्पूर्ण विकेट गुमायो र १०७ रनको हार बेहोर्न पुग्यो । आर्मीका जितेन्द्र मुखियाले ४ , चन्द्र साउदले ३ तथा अविनाश कर्णले २ विकेट हात पारे । खेलको म्यान अफ द म्याच जितेन्द्र मुखिया घोषित भए ।

यस्तै दिउसो सम्पन्न अर्को खेलमा टस जितेर ब्याटिंग गर्दै माछापुच्छ्रे क्लबले २० ओभरमा ३ विकेट क्षेतीमा १६२ रन बनायो । माछापुच्छ्रेको लागि राजु पौडेलले २ चौका र ३ छक्का मदतले अविजित ४४ रन तथा कप्तान दिपेश खत्रीले ४० रन योगदान दिए ।

IMG_1162

प्रतिउत्तरमा हसिम अन्सारीले ६३ तथा समिर नेपालले अविजित २२ रन योगदान दिए पनि अन्य ब्याट्सम्यानहरु जम्न नसक्दा जी फोर्सले २० ओभरमा ५ विकेट गुमाई १३६ रन मात्र बनाउन सक्यो । हसिम अन्सारीको महत्वपूर्ण विकेट पनि हात पारेका राजु पौडेल खेलको म्यान अफ द म्याच घोषित भए ।
खेलको म्यान अफ द म्याचलाई नेपाल क्रिकेट संघका अध्यक्ष रमेश शिलवाल तथा नेपाल ओलम्पिक कमिटि महासचिब लामा टेण्डी शेर्पाले पुरस्कार प्रदान गरेका थिए ।

IMG_1437
युवा संघ नेपाल केन्द्रिय खेलकुद बिभाग द्वारा आयोजित प्रतियोगिताको शुक्रबार आयोजना हुने खेलमा टियु मैदानमा बिहान ९ बजे एसएस इभेन्ट बिरुद्ध नछेत्र स्पोर्ट्स क्लब नुवाकोट , यस्तै दिउसो १ बजे हिमालयन क्रिकेट क्लब बिरुद्ध नेपाल पुलिस क्लब तथा पुल्चोक मैदानमा १२ बजे हुने खेलमा बालुवाटार क्रिकेट क्लब बिरुद्ध मकवानपुर क्रिकेट क्लब हेटौडाले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइँको प्रतिक्रिया ।