डंगोलको नेतृत्वमा कपन साहित्य समाजमा नयाँ कार्य समिति

डंगोलको नेतृत्वमा कपन साहित्य समाजमा नयाँ कार्य समिति

कपन अनलाइन/०७२ पौष २५
लामो समयदेखि निष्कृय रहेको कपन साहित्य समाजले बिधिबत नयाँ कार्य समिति छनौट गरेको छ । आज भएको संस्थाको तेस्रो साधारणसभाले कवि आरएम् डंगोलको नेतृत्वमा नयाँ कार्य समितिमा छनौट गरेको हो । करिब ६ वर्ष कुनै साहित्यिक गतिबिधि गर्न नसकेको कपन साहित्य समाजले आज पूर्णप्रकाश नेपाल यात्रीमा समर्पित ‘कपन दर्पण यात्री स्मृति ग्रन्थ’ लोकर्पण गर्दै तेस्रो साधारणसभा सम्पन्न गरेको छ । कपनस्थित ह्याण्डबल मैदानमा सम्पन्न कार्यक्रमले कवि आरएम् डंगोलको अध्यक्षतामा ३ वर्षका लागि कार्यसमिति बनाएको हो । नयाँ कार्य समितिमा विष्णु केसी तथा गणेश मिश्र उपाध्यक्ष भएका छन् केशव पाठकलाई महासचिवको भूमिका प्राप्त भएको छ । त्यसैगरी सचिवमा पुण्यराज पुडासैनी र कोषाध्यक्षमा हेमा अधिकारी सर्वसम्मत भएका छन् । नयाँ कार्यसमितिमा लक्ष्मण अधिकारी, पुस्कर चालिसे, होमनाथ अधिकारी, लक्ष्मण सापकोटा, शम्भु भट्टराई आदि सदस्य रहेका छन् । नयाँ कार्य समितिले कपन साहित्य समाजको निर्माणाधिन अवस्थामा रहेको भवन निर्माणलाई पूर्णता दिँदै चाँडै नै एक विशेष साहित्यिक कार्यक्रम आयोजना गरिने नवनियूक्त अध्यक्ष आरएम् डंगोलले कपन अनलाइनलाई बताए ।

IMG_0046

तपाइँको प्रतिक्रिया ।