कपन साहित्य समाजको अधिवेशन तयारी पूरा, अध्यक्षको प्रत्यासीमा ४ जना

कपन साहित्य समाजको अधिवेशन तयारी पूरा, अध्यक्षको प्रत्यासीमा ४ जना

कपन अनलाइन/ २०७२ पौष २४

कपनमा साहित्य तथा कलामा समर्पित बन्नका लागि करिब डेढ दशक अघि स्थापित कपन साहित्य समाज भोलि महत्वपूर्ण अधिवेशन तथा साधारणसभा आयोजना गर्दैछ । लामो समयदेखि निष्कृय रहेको कपन साहित्य समाजले अधिवेशनको अवसर पारेर कपन दर्पणको नयाँ विशेषांक पनि प्रकाशित गर्न लागेको अध्यक्ष मिठाराम अधिकारीले बताए । यस अधिवेशनबाट अध्यक्ष पदबाट बिदा लिएर संरक्षक बन्न लागेका अधिकारीले अधिवेशनको तयारी पूरा भएको बताए । यही चौथो साधारणसभा एवम् तेस्रो अधिवेशनको कार्यक्रममा प्रमुख अतिथि बसन्तकुमार शर्मा नेपालको हातबाट लोकार्पण गरिने छ ।

बुनपा १२ स्थित ह्याण्डबल मैदानमा बिहान ११ बजेदेखि अधिवेशन आयोजना गरिनेछ । २०० जनाको हाराहारी सदस्य रहेको कपन साहित्य समाजको ६ वर्ष पछि आफ्नो साधारणसभा गर्दैछ । ६ वर्षअघि राजनीतिक सहमतिमा बनेको कार्यसमिति पूर्ण निष्कृय भए पछि हुन लागेको नयाँ अधिवेशनले उर्जाशील कार्यसमिति बनाउने विश्वास अध्यक्ष अधिकारीको छ । बुनपा १२ मा रहेको संस्थाको भवनले मासिकरुपमा गर्ने आम्दानीले अबका दिनमा संस्थालाई साहित्यिक गतिबिधि गर्न अप्ठेरो नहुने भनाई अधिकारीको थियो ।

Desktop6
लामो समयपछि हुन लागेको अधिवेशनपश्चात बन्न लागेको नयाँ कार्य समितिको अध्यक्षमा ४ जनाले आफूलाई प्रस्ताव गरेका छन् । संस्थापक उपाध्यक्ष तथा एमाओवादी नेता ठाकुर खकुरेल, स्थापनाकालदेखि आजसम्म निरन्तर महासचिव भएका प्राध्यापन पेशाामा संलग्न गणेश मिश्र, हाल प्रथम उपाध्यक्ष रहेका प्रगतिशील लेखक संघ केन्द्रिय सचिव आरएम डंगोल र संस्थाका संस्थापक सचिव तथा कपन अनलाइनका प्रधान सम्पादक केशवराज पाठकले कपन साहित्य समाजमा अध्यक्ष पदका लागि दावी गरेको गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।