गुडिरहेको बसमा आगलागी हुदा १४ को मृत्यु, ३० घाइते

यिन्चुवान (चीन) २१ पुस । मङ्गलबार बिहान उत्तरपश्चिमी चीनको निन्सियाङ्मा आगलागी हुदा सो बसमा सवार १४ जनाको जलेर ज्यान गएको समाचार छ ।
साथै त्यसमा परी ३० जनाभन्दा बढी घाइते भएका पनि समाचारमा जनाइएको छ । मङ्गलबार बिहान सो दुर्घटना भएको सो क्षेत्रका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मङ्गलबार बिहान करिब सात बजेतिर निन्सियाङ् हुई स्वायत्त क्षेत्रमा गुडिरहेको सो बसमा अकस्मात आगो लागेको थियो ।
सो बस एक फर्निचर गोदाम नजिक पुगेपछि आगो लागेको देखिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । सो फर्निचरका कारण पनि आगो बढी फैलिएको जनाइएको छ ।
घाइतेलाई सो क्षेत्रको एक स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको पाइएको समाचारमा उल्लेख छ ।
सो आगलागीको कारणका बारेमा प्रहरीले अहिले नै केही बताएको छैन । यसको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले जनाएका छन् । रासस÷सिन्ह्वा

तपाइँको प्रतिक्रिया ।