राजधानीको न्यूनतम तापक्रम शून्य डिग्री पुग्यो

काठमाडौँ, ९ पुस । काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिजो बुधबार वर्षकै चिसो न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरेको थियो । तर आज बिहान ८ः४५ बजेको मापनअनुसार न्यूनतम शून्य डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको हो ।

जाडो मौसम सुरु भएसँगै उपत्यकासहित देशभर क्रमशः चिसो बढ्दै गएको छ ।

उत्तर पश्चिमी हावा हिमालको काखबाट नेपाल प्रवेश गर्दा रातको समयमा आकास खुल्ला भएका कारण चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

केही दिनदेखि निरन्तर आकाश सफा भएकाले पनि दिनप्रतिदिन चिसो बढ्दै गएको र जनवरी पहिलो हप्तासम्म चिसो नघट्ने उहाँले उल्लेख गर्नुभयो ।

सन् २०१३ मा यही मौसममा न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस पुगेको थियो ।

अघिल्लोे वर्ष सन् २०१४ को यही समयमा सबैभन्दा कम न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सामान्यतयाः जाडो मौसममा डिसेम्बरको अन्तिम साता र जनवरीको पहिलो सातामा बढी जाडो हुने गर्दछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस रहेको पनि महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।