गुगलको स्मार्ट राउटर सार्वजनिक

गुगलको स्मार्ट राउटर सार्वजनिक

इन्टरनेट जाइन्ट गुगलले धरै घरहरुलाई इन्टरनेटसँग जोड्न र अझ बढी प्रयोगकर्ताहरुमाझ पुग्ने उद्देश्यले अनहब (OnHub) नामक स्मार्ट राउटर सार्वजनिक गरेको छ । अनहब राउटरको उत्पादन नेटवर्क कम्पनी टिपी लिंकले गरेको हो ।

download-12

रिलिन्डर आकारमा उपलब्ध हुने यो राउटरको मूल्य गुुगल स्टोर, एमेजोन डट कम र वालमार्ट डटकमबाट प्रि अडर गर्दा लगभग २ सय डलरमा उपलक्ध हुनेछ ।

राउटरमा इन–बिल्ट एन्टेनाहरु रहेका छन् जसले दु्त इन्टरनेट कनेक्सनको लागि हावामा रहेका वेभहरुलाई स्क्यान गर्दछ । यसैगरी, द्रुत गतिमा ठूलो डाटाहरु डाउनलोड गर्न तथा मुभी स्ट्रिमिङ गर्न यो राउटरले प्रभावकारी काम गर्न सक्दछ ।

गुगलका अनुसार अनहबले नया फिच तथा सेक्युरिटी अप्डेटहरु अटोम्याटिक्ली अप्डेट गर्दछ ।

तपाइँको प्रतिक्रिया ।