नेवा अनलाइन न्युजको शुभारम्भ

नेवा अनलाइन न्युजको शुभारम्भ

काठमाडाँै, ७ पुस । नेपाल भाषा क्षेत्रका विद्वानले हजारौँ वर्षदेखि चल्दै आएको नेवारी संस्कृति र कलाले देशको पहिचान र अस्तित्वलाई संरक्षण गरिरहेको बताउनुभएको छ ।

Fullscreen capture 12232015 94923 AM

नेपाल भाषाको अनलाइन पत्रिका नेवा अनलाइन न्युजको शुभारम्भका अवसरमा उहाँहरुले देशको अस्तित्व र पहिचानको प्रतिनिधित्व गर्ने नेवारी संस्कृति र कला, भाषा आदिको संरक्षण राज्यबाट नै हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल भाषा परिषद्का अध्यक्ष फणिन्द्ररत्न बज्राचार्यले नेवार समुदाय प्रारम्भदेखि नै संस्कृति र कलाप्रति दत्तचित्त रहेको र यसैले उनीहरुको राजनीतिक क्षेत्रमा उपस्थिति न्यून देखिएको चर्चा गर्नुभयो ।

सो अनलाइन पत्रिकाका प्रमुख सुजीव बज्राचार्यले नेवारी परम्परा र संस्कृति नेवार समुदायको मात्र नभई देशको नै गौरव भएकाले यसको प्रचारप्रसार अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

ज्यापू संस्कृति विकास कोषका अध्यक्ष जुजुभाइ डङ्गोलले नेवार समुदायमा ज्यापूसहित विभिन्न जातजातिमा आ–आफ्नै मौलिक परम्परा र संस्कृति रहेको चर्चा गर्नुभयो ।

वरिष्ठ सङ्गीतकार भृगुराम श्रेष्ठ, ज्यापू महागुठीका संरक्षक मोहनकृष्ण डङ्गोललगायतका वक्ताले नेवारी संस्कृति र परम्पराबारे चर्चा गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।