नेपाली मुलका  सोह्र बर्षीय किशोर अभिले  जिते क्यानाडामा  म्युजिक अवार्ड

क्यालगरी, क्यानडा, २९ मङ्सिर । क्यानाडाको क्यालगरी सहरमा आयोजित  Feedback Friday Volume -2 नामको संगीत  प्रतिस्पर्धामा नेपाली मुलका  मेधावी प्रतिस्पर्धी  अभि बस्ताकोटीले आफ्ना  २२ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ठ  दुइमा पर्न सफल भएका छन्  /

beatdrop competetion

सांगीतिक क्षेत्रमा लागेका स्थापित व्यक्तिहरूले भाग लिने उक्त प्रतिस्पर्धामा  नेपालको  आपपिपल स्थायी घर भइ  हाल  क्यानाडाको क्यालगरी बसोबास गर्ने  १६ बर्षीय किशोर  अभि बस्ताकोटीले  आफ्नो संगीतको  कला देखाई आयोजक तथा सहभागीहरुलाई चकित परेका छन् / पहिलो चरणको प्रतिस्पर्धामा छनौटमा परेका २४ जनाबाट ८ जनामा पर्न सफल भएपछि आयोजकले  उनका बारेमा ” यी सोह्र बर्षे किशोरले आफ्नो कलाबाट सबैलाई चकित पारेका छन। अब हेरौ फाइनलमा के हुन्छ” भन्दै    आफ्नो स्टाटस लेखेका थि
ए ।

ballin-baba

डिसेम्बर ११, २०१५ मा भएको अन्तिम छनौट प्रतिस्पर्धामा एल्बर्टाका स्थापित म्युजिक उत्पादकहरुलाई पछि  पार्दै उत्कृष्ट २ मा पर्न सफल भएपछि  उनले संगीतिक क्षेत्रमा थप सीप आर्जनको  लागि आयोजक संस्था Beat Drop बाट क्यानेडियन     डलर २४०० को छात्रवृत्ति  समेत् प्राप्त गरेका छन । संगीत क्षेत्रको कुनै औपचारिक तालिम बिनै शौखको रुपमा सिक्दै जाँदा  करिव एक बर्षको प्रयासमा आफुले म्युजिक बिट उत्पादनमा केही जानेको तर यति छिट्टै बीस पच्चीस बर्ष संगीत साधना भएका क्यानेडियन संगीतकर्मीसंग आफ्नो संगीत तुलनायोग्य होला भन्ने चाही नसोचेको अभिले बताए / पहिलो पटक प्रतिस्पर्धामा सहभागी भएको र आफू  उत्कृष्ट दुइमै  पर्छु भन्ने विश्वास नभएको तर आफ्नो काम निर्णायक र दर्शकहरुले ज्यादै मन पराएकोले   भविष्यमा संगीत क्षेत्रमै  आफ्नो क्षमता  विकास गरी योगदान  गर्न सक्छु भन्ने लागेको उनी बताउछन / भर्खरै पन्ध्र बर्ष पूरा गरी सोह्रौं   जन्मोत्सव  मनाउंदै गर्दा  आफ्नो उमेर भन्दा बढी साधना   भएका संगीतकर्मीहरूलाई चुनौती दिन सक्ने  यी किशोरले  आफ्नो साधनालाई निरन्तरता दिए भने भविष्यमा उनीबाट निकै ठुलो अपेक्षा  गर्न सकिने कुरा आयोजकहरूले  बताए /

अभिका म्युजिक बिटमा क्यानेडियन र अमेरिकी गायकहरुले गाउन थालेका छन्  भने उनको सांगीतिक व्यवस्थाक हुन केही स्थानिय व्यवस्थाकहरूले समेत चासो दिन थालेका छन् / सांगीतिक क्षेत्रमा उनी ट्रांक्स (Trunks) नामले चिनिन्छन / क्यालगरीको  सर विन्स्टन चर्चिल हाइस्कुलमा कक्षा ११ मा अध्ययनरत  अभि बस्ताकोटी संगीत बाहेक उनी ग्राफिक डिजाइन र सामाजिक सेवामा पनि चासो राख्छन .

सिन्धुपाल्चोकको विपन्न माझी समुदायका केटाकेटीले अध्ययन गर्ने भुकम्प प्रभावित पोखरॆ प्राथमिक विद्यालयका लागि शैक्षिक सामग्री सहयोग गर्नको लागि आफ्नो  विद्यालयमा आर्थिक संकलन अभियानमा  पनि  उनले महत्वपुर्ण भूमिका  गरेका थिए /

तपाइँको प्रतिक्रिया ।