नेपाली चलचित्रका पुराना पाँच महिला कलाकार सम्मानित

नेपाली चलचित्रका पुराना पाँच महिला कलाकार सम्मानित

काठमाडौँ, २५ मङ्सिर । चलचित्र विकास बोर्डअन्तर्गत महिला सशक्तिकरण समितिले नेपाली चलचित्रको सुरुवातदेखि नै कलाकारितामार्फत योगदान पु¥याउँदै आउनुभएका पाँच महिला कलाकारलाई आज यहाँ सम्मान गरेको छ ।

bhuwan-in

‘नेतृत्व विकास तथा महिला सशक्तिकरणका लागि चलचित्र क्षेत्रको भूमिका’ विषयक एक दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यशालामा नेपाली चलचित्रका प्रथम नायिका भुवन चन्द, कलाकार लक्ष्मी गिरी, बसुन्धरा भुसाल, सुभद्रा अधिकारी र चैत्यदेवी सिंहलाई सम्मान गरिएको हो ।
laxmi-giri
उहाँहरुलाई सम्मान गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नेपालका ठूलठूला आन्दोलन र परिवर्तनमा महिलाको भूमिकालाई बिर्सन नहुने भन्दै कलाकारको नेतृत्व विकास र सशक्तिकरणका लागि सरकारले कार्यक्रम ल्याउने बताउनुभयो ।

Basudnara-Bhusal

बोर्डका अध्यक्ष राजकुमार राईले कलाकारिता पेसालाई मर्यादित र व्यावसायिक बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

subdra

मिडिया एड्भोकेसी फोरमका अध्यक्ष बबिता बस्नेतले महिला कलाकारको आत्मसम्मान जगाउने कामलाई बोर्डले प्राथमिकतामा राखी कार्य गर्नुपर्ने सुझाव दिनुभयो ।

चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुचित्रा श्रेष्ठ, महिला सशक्तिकरण समितिका संयोजक रुपा रानाललगायतले चलचित्र क्षेत्रमा महिला भएकै कारण कलाकारले विभिन्न समस्या भोग्नुपरेको बताउँदै कलाकारको योगदानलाई राज्यले भुल्न नहुनेमा जोड दिनुभयो ।

कार्यशालामा सञ्चारकर्मी आरती चटौतले ‘लिङ्ग, लैङ्गिकता र लैङ्गिक विभेद’ विषयक र नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले ‘परिकल्पनाको महत्व’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।