भ्रष्टाचार विरोधी अभियन्ता डडेल्धुरामा

भ्रष्टाचार विरोधी अभियन्ता डडेल्धुरामा

भीमदत्तनगर, २३ मङ्सिर । भ्रष्टाचार विरोधी अभियन्ता शारदा भुसाल भ्रष्टाचार विरोधी विशेष अनुसन्धानका लागि सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा पुग्नुभएको छ ।

लामो समयदेखि भ्रष्टाचार न्यूनीकरण गर्नका लागि अनुसन्धान गर्दै आएका भुुसालले डडेल्धुराको समैजी गाविसबाट भ्रष्टाचार विरोधी अभियान थाल्ने जानकारी दिनुभएको छ । अमेरिकामा बस्दै आएका डडेल्धुराका भक्त साउदको आर्थिक सहयोगमा डडेल्धुरामा उहााल्े अनुसन्धान गर्न लाग्नुभएको हो । जिल्लास्तरीय अभिमुखीकारण कार्यक्रमको आयोजना गरेर सुरु हुने कार्यक्रम दुई वर्षसम्म डडेल्धुरामा लागू हुने बताइएको छ ।

उहाँले डडेल्धुराका हरेक कार्यालयको आर्थिक कारोबार र आर्थिक प्रतिवेदनसमेत अध्ययन गर्नेछन् । अहिले उहाँले डडेल्धुराको भौगोलिक र कार्यालयहरुको वेबसाइटहरु अध्ययन सामाजिक सञ्जालबाट गर्दै हुनुहुन्छ । रासस

तपाइँको प्रतिक्रिया ।