एमालेको नयाँ सङ्गठन नियमावली कस्तोछ हेर्नुस डाउनलोड गर्नुसो

कपन अनलाइन १८ साउन । नेकपा (एमाले) को सङ्गठनसम्बन्धी संशोधित नियमावलीलाई पार्टीको केन्द्रीय सचिवालयले हिजो  अन्तिमरुप दिएको थियो  । नयाँ नियमावलीमा केन्द्रीय विभाग, फाँट र अञ्चल कमिटीमा सदस्य मनोनयन, पार्टी सदस्यतालगायतका विषयमा नयाँ मापदण्ड बनाइएकोे छ । सो नयाँ व्यवस्थाबारे चाँडै पार्टीभित्र सर्कुलर हुने बताइएको छ ।

Fb_CPNUML

हेर्नुस एमालेको नयाँ सङ्गठन नियमावली 

 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को
नियमावली –२०५७
(२०७२ को संशोधन सहित)

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली–२०५७ मा विधानको धारा–७३ बमोजिम तेस्रो संशोधन गरी केन्द्रीय कमिटीले यो नियमावली पारित गरेको छ ।

परिच्छेद – १
प्रारम्भिक

१. नाम र प्रारम्भ ः

क) यस नियमावलीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली – २०५७ (तेस्रो संशोधन – २०७२)’ रहेको छ ।
ख) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा ः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
क) “पार्टी” भन्नाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) सम्झनु पर्दछ ।
ख) “विधान” भन्नाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को पाँचांै राष्ट्रिय महाधिवेशन – २०४९ द्वारा पारित तथा नवौं राष्ट्रिय महाधिवेशन – २०७१ द्वारा संशोधित विधान सम्झनु पर्दछ ।
ग) “नियमावली” भन्नाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली – २०५७ (तेस्रो संशोधन – २०७२) सम्झनु पर्दछ ।
घ) “विभाग” भन्नाले पार्टी विधान र यस नियमावली बमोजिम गठन भएको विभाग सम्झनु पर्दछ ।
ङ) “दल” भन्नाले नेकपा (एमाले) को संविधानसभा÷संसदीय दल सम्झनु पर्दछ ।
च) “विनियम” वा “निर्देशिका” भन्नाले विधान तथा यस नियमावली बमोजिम पारित विनियम वा निर्देशिका सम्झनु पर्दछ ।
छ) “संयन्त्र” भन्नाले पार्टी विधान र यस नियमावली बमोजिम गठन भएको पार्टीको संयन्त्र सम्झनु पर्दछ ।
ज) “कार्यालय” भन्नाले कुनै पनि तहको पार्टी कार्यालय सम्झनु पर्दछ ।
झ) “केन्द्रीय सचिवालय” भन्नाले पार्टी विधान अनुरुप गठित केन्द्रीय सचिवालय सम्झनु पर्दछ ।
ञ) “कार्यालय सचिव” भन्नाले कुनै पनि तहको पार्टी कार्यालयको सचिव सम्झनु पर्दछ ।
ट) “आर्थिक बर्ष” भन्नाले प्रचलित आर्थिक वर्ष सम्झनु पर्दछ ।
ठ) “आन्तरिक लेखा परीक्षण” भन्नाले अन्तिम लेखापरीक्षण भन्दा पहिले आर्थिक विभागले तोकेको ब्यक्तिबाट गरिने लेखा परीक्षण सम्झनु पर्दछ ।
ड) “अन्तिम लेखापरीक्षण” भन्नाले पार्टीको केन्द्रीय लेखापरीक्षण आयोगबाट गरिने लेखापरीक्षण सम्झनु पर्दछ ।
ढ) “पार्टी कमिटी” भन्नाले पार्टीको विधान अनु्रुप गठित कुनैपनि तहको पार्टी कमिटी सम्झनु पर्दछ ।
ण) “प्रमुख” भन्नाले विभाग र मोर्चासङ्गठनको प्रमुख सम्झनु पर्दछ ।
त) “इन्चार्ज” भन्नाले भौगोलिक तथा विशेष क्षेत्रका पार्टी कमिटी र जनसङ्गठन÷फाँटका इन्चार्ज सम्झनु पर्दछ ।
थ) “घोषित जनसङ्गठन” भन्नाले घोषित रुपमा पार्टीको राजनीतिक नेतृत्व स्वीकार गर्ने जनसङ्गठन सम्झनु पर्दछ ।
द) ‘महाधिवेशन’ भन्नाले विधान बमोजिम आयोजना गरिने राष्ट्रिय महाधिवेशन तथा विधान महाधिवेशन सम्झनु पर्दछ ।

परिच्छेद – २
सदस्यता

३. पार्टी सदस्यता, सदस्यताको आवेदन, नवीकरण र अभिलेख

क) नवौं राष्ट्रिय महाधिवेशन पूर्वका सङ्गठित सदस्यहरू विधान र यस नियमावली बमोजिम पार्टी सदस्य हुनेछन् ।
ख) नवौं राष्ट्रिय महाधिवेशन पूर्वका पार्टी सदस्यहरू विधान र यस नियमावली बमोजिम परीक्षणकालीन सदस्य हुनेछन् ।
ग) विधानको धारा ४ (ख) मा उल्लेखित योग्यता पुगेका पार्टी सदस्यता प्राप्त गर्न इच्छुक व्यक्तिले अनुसूची– १ बमोजिमको आवेदनपत्र भरी विधानको धारा ५ (१) बमोजिम बुझाउनु पर्नेछ ।
घ) आवेदनपत्र रु. १०÷¬– तिरी स्थानीय पार्टी कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
ङ) विधानको धारा ५ (१, २, ३) को प्रक्रिया पूरा गरी प्राप्त हुन आएको आवेदनमाथि छानबीन गरी जिल्ला कमिटीले जुनसुकै बेला परीक्षणकालीन सदस्यता प्रदान गर्न सक्नेछ । निजलाई सम्बन्धित कमिटीले पार्टीको प्रारम्भिक परिषद्, सङ्क्रमणकालीन पार्टी सङ्गठन, जनसङ्गठन, पेशागत सङ्गठन, सरोकारवाला सङ्गठन वा अन्य उपयुक्त ठाउँमा सङ्गठित गर्नेछ ।
च) विधानको धारा ६ (क) बमोजिम परीक्षणकाल र दायित्व पूरा गरेका व्यक्तिलाई जिल्ला कमिटीले पार्टी सदस्यता प्रदान गर्नेछ । यस प्रयोजनका लागि प्रत्येक बर्ष मङ्सिर र जेठमा जिल्ला कमिटीको बैठक आयोजना गर्नुपर्नेछ ।
छ) पार्टी सदस्यताको नवीकरण जिल्ला कमिटीले गर्नेछ । अञ्चल समन्वय कमिटीले त्यसको अनुमोदन गर्नेछ । पार्टी सदस्यताको मापदण्ड र कर्तव्य पूरा गरिरहेका व्यक्तिको मात्र सदस्यता नवीकरण गरिनेछ ।
ज) आगामी बर्षका लागि पार्टी सदस्यताको नवीकरण चालु बर्षको फागुन र चैत्र महिनामा गरिनेछ । विशेष अवस्थामा केन्द्रीय कमिटीले निर्णय गरी नवीकरणको समय हेरफेर गर्न सक्नेछ ।
झ) परीक्षणकालमा रहेका पार्टी सदस्यहरूको अभिलेख अनुसूची – ३ र परीक्षणकाल पूरा गरेका पार्टी सदस्यहरूको अभिलेख अनुसूची– ४ मा उल्लेखित ढाँचामा राख्नुपर्ने छ ।

४. सदस्यता शुल्क र लेवी ः

क) पार्टी सदस्यता शुल्क मासिक रु. १०÷– हुनेछ । यो व्यवस्था परीक्षणकालको आरम्भदेखि नै लागू हुनेछ ।
ख) पार्टी सदस्यता शुल्कको ४० प्रतिशत केन्द्रीय कमिटीमा, २० प्रतिशत सम्बन्धित अञ्चल÷विशेष समन्वय कमिटीमा, २५ प्रतिशत सम्बन्धित जिल्ला कमिटीमा र १५ प्रतिशत सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी वा निर्वाचन क्षेत्रीय कमिटी नभएको जिल्लामा इलाका कमिटीमा रहनेछ ।
ग) माथिल्लो कमिटीले मातहतका कमिटीलाई र सम्बन्धित कमिटीले आफ्नो कमिटीका सदस्यहरुलाई लेवि तोक्न सक्नेछ । प्रत्येक जिल्ला कमिटीले अञ्चल¬÷विशेष समन्वय कमिटीमार्फत् प्रति सदस्य कम्तीमा मासिक रू. ५÷ का दरले लेवी बुझाउनु पर्नेछ ।
ङ) पार्टी सदस्यता शुल्क तथा लेवी कार्ड अनुस्ूची–५ बमोजिम हुनेछ ।

५. सदस्यता–पत्र तथा परिचय–पत्र ः

क) १. पार्टी सदस्यता–पत्र अनुसूचि – ६ बमोजिम हुनेछ ।
२. सदस्यता प्रदान गर्ने कमिटीको अध्यक्षले पार्टी सदस्यता–पत्र
प्रमाणित गर्ने छन् ।
३. पार्टी सदस्यता–पत्रको शुल्क रु. १०÷– हुनेछ ।
ख) १. सबै तहको कमिटीका पदाधिकारी तथा सदस्यहरुको परिचय–पत्र अनुसूचि – ७ बमोजिम हुनेछ ।
२. परिचय–पत्र शुल्क रु. १०÷– हुनेछ ।
३. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूको परिचयपत्र अध्यक्षले तथा अध्यक्षको परिचयपत्र महासचिवले प्रमाणित गर्नेछन् । केन्द्र्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूको परिचयपत्र सम्बन्धित आयोगका अध्यक्षले र अध्यक्षको सचिवले प्रमाणित गर्नेछन् । केन्द्रीय विभागका सचिव र सदस्यहरूको परिचयपत्र महासचिवले प्रमाणित गर्नेछन् । अञ्चल समन्वय÷विशेष समन्वय कमिटीका सचिव र सदस्यहरूको परिचयपत्र इन्चार्जले र जिल्ला कमिटी मातहतका कमिटी र विभागका सदस्यहरूको परिचयपत्र सम्बन्धित जिल्ला कमिटीका अध्यक्षले प्रमाणित गर्नेछन् ।

६. सदस्यता कायम ः

क) विधानको धारा ८ (१) बमोजिम अन्य कम्युनिष्ट तथा वामपन्थी समूहबाट नेकपा (एमाले)मा एकीकृत भएका वा प्रवेश गरेका पार्टी सदस्यको सदस्यता सम्बन्धित जिल्ला वा अञ्चल÷विशेष वा केन्द्रीय कमिटीको निर्णयबाट कायम हुनेछ ।
ख) उपनियम (क) अनुसार पार्टीमा एकिकृत वा समाहित हुने सदस्यको अनुसूचि – ८ बमोजिमको विवरण फारम सम्बन्धित कमिटीले केन्द्रीय सङ्गठन विभागमा पठाउनु पर्नेछ ।

७. सदस्यता स्थानान्तरण ः

क) निर्वाचन क्षेत्रभित्रको पार्टी सदस्यताको स्थानान्तरण निर्वाचन क्षेत्रीय कमिटीले, जिल्लाभित्रको पार्टी सदस्यताको स्थानान्तरण जिल्ला कमिटीले र अञ्चलभित्र एक जिल्लाबाट अर्को जिल्लामा पार्टी सदस्यताको स्थानान्तरण अञ्चल समन्वय कमिटीले गर्नेछ ।
ख) एक अञ्चलबाट अर्को अञ्चलमा, देशबाट प्रवासमा वा प्रवासबाट स्वदेशमा, एउटा प्रवास कमिटीको क्षेत्रबाट अर्को प्रवास कमिटीको क्षेत्रमा, एक अञ्चल सम्पर्क कमिटीबाट अर्कोमा पार्टी सदस्यताको स्थानान्तरण केन्द्रीय सङ्गठन विभागले गर्नेछ ।
ग) पार्टी सदस्यता स्थानान्तरणको सम्पूर्ण विवरण केन्द्रीय सङ्गठन विभागमा पठाउनु पर्ने छ ।
घ) पार्र्टी सदस्यता स्थानान्तरण पत्र अनुसूचि – ९ बमोजिम हुनेछ ।

परिच्छेद – ३
जेष्ठ कम्युनिष्ट मञ्च र राष्ट्रिय प्रतिनिधि परिषद् सम्बन्धमा

८. जेष्ठ कम्युनिष्ट मञ्च ः

क) कम्युनिष्ट आन्दोलनमा कम्तीमा तीन दशक योगदान दिएका, कार्यकारी कमिटीमा निर्वाचित हुने उमेरहद नाघिसकेका, पार्टी कमिटीमा धेरै कार्यकाल काम गरिसकेका जेष्ठ एवं सम्मानित व्यक्तिहरुबीच केन्द्रीय कमिटीले जेष्ठ कम्युनिष्ट मञ्चे गठन गर्न सक्नेछ ।
१. केन्द्रीय कमिटीको ५० प्रतिशत भन्दा बढी नहुने गरी मञ्च गठन गरिनेछ ।
२) यो मञ्च केन्द्रीय कमिटी प्रति उत्तरदायी रहनेछ ।
३) यसको अध्यक्षको मर्यादा केन्द्रीय कमिटी सदस्य सरह हुनेछ ।
४) पार्टी केन्द्रले पार्टी स्थापना दिवश, मनमोहन स्मृति दिवश, जेष्ठ नागरिक दिवशमा जेष्ठ कम्युनिष्टलाई सम्मान गर्नेछ ।
ख) जेष्ठ कम्युनिष्ट मञ्चको अधिकार र कर्तव्य देहाय बमोजिम हुनेछन् ः
१ मञ्चले आफु मध्येबाट अध्यक्ष, उपाध्यक्ष र सचिव छान्नेछ ।
२ केन्द्रीय कमिटीको अध्यक्षसंग परामर्श गरी अध्यक्षले सचिवलाई बैठक बोलाउन निर्देशन गर्नेछ ।
३ सचिवले मञ्चको बैठक बोलाउने छ ।
४ अध्यक्षले अध्यक्षता गर्नेछन् र सचिवले बैठक सञ्चालन गर्नेछन् ।
५ अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नेछन् ।
६. मञ्चले आवश्यकता अनुसार केन्द्रीय कमिटीलाई राय सुझाव दिनेछ ।
७ जेष्ठ कम्युनिष्ट लाई संरक्षण, सम्मान गर्न केन्द्रीय कमिटीमा सुझावहरु प्रस्तुत गर्नेछ ।
८. आवश्यकता अनुसार अञ्चल, जिल्ला र निर्वाचन क्षेत्र र नगर तहसम्म मञ्च गठन गर्न सकिनेछ ।

९. राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको निर्वाचन देहाय बमोजिम हुनेछ ः

क) विधानको धारा १५ (क) ७ बमोजिम सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यहरुले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको निर्वाचन गर्नेछन् । तर, सो निर्वाचन क्षेत्रमा २०० भन्दा बढी पार्टी सदस्य भएमा हरेक शाखाबाट ५ ः १ को अनुपातमा प्रतिनिधि चयन गरी उनीहरूद्वारा आफ्नो क्षेत्रको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको निर्वाचन गर्न सक्नेछन् । राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरूको निर्वाचन गर्दा बहुमत मतदाताको उपस्थिति हुनुपर्नेछ ।
ख) हरेक निर्वाचन क्षेत्रबाट एकजना महिला प्रतिनिधि परिषद् सदस्य निर्वाचित हुनेछन् । उक्त निर्वाचनका लागि महिला सदस्यहरू मतदाता हुनेछन् ।
ग) जिल्लालाई आधार मानी दलित समुदायबाट एकजना प्रतिनिधि परिषद् सदस्य निर्वाचित हुनेछन् । उक्त निर्वाचनका लागि दलित पार्टी सदस्य मतदाता हुनेछन् ।
घ) ३ हजार भन्दा बढी पार्टी सदस्यहरू भएको निर्वाचन क्षेत्रबाट थप एकजना प्रतिनिधि परिषद् सदस्य निर्वाचित हुनेछन् । सदस्यको गणना गर्दा महिला र दलित निर्वाचन क्षेत्रमा छुट्याइएका सदस्यहरूको सङ्ख्या कट्टी गरिनेछ । महिला र दलित पार्टी सदस्यले उम्मेदवार या मतदाता हुन खुल्ला या विशेष निर्वाचन क्षेत्रमध्ये एक रोज्नु पर्नेछ ।
ङ) हरेक विशेष जिल्ला कमिटीबाट १ जना प्रतिनिधि परिषद् सदस्य निर्वाचित हुनेछन् । ३ हजारभन्दा बढी पार्टी सदस्य भएका विशेष जिल्ला कमिटीहरूबाट थप एक जना प्रतिनिधि परिषद् सदस्य निर्वाचित हुनेछन् ।
च) मोर्चा आवद्ध जनसङ्गठनको केन्द्रीय कमिटीमा रहेका पार्टी सदस्यहरूको बीचबाट २ जना प्रतिनिधि परिषद् सदस्य निर्वाचित हुनेछन् ।
छ) अञ्चल समन्वय÷विशेष समन्वय कमिटीबाट एकजना प्रतिनिधि परिषद् सदस्य निर्वाचित हुनेछन् ।
ज) निर्वाचन हुने मितिभन्दा अघिल्लो फागुन–चैत्रमा नवीकरण भई केन्द्रीय सङ्गठन विभागबाट प्रमाणित पार्टी सदस्यहरु मात्रै राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन प्रयोजनका लागि योग्य हुनेछन् ।
झ) राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरुको निर्वाचन सम्बन्धी अन्य व्यवस्था केन्द्रीय निर्वाचन आयोगले गरेबमोजिम हुनेछ ।

परिच्छेद – ४
स्थानीय कमिटीको मापदण्ड, निर्वाचन, सदस्य सङ्ख्या र स्थानीय तहमा लेखा परीक्षण, निर्वाचन एवं सल्लाहकार परिषद्को व्यवस्था

१०. अधिवेशनबाट निर्वाचित हुने स्थानीय कमिटीहरु देहाय बमोजिम समावेशी चरित्रका हुनेछन् ः

क) कमिटीका पदाधिकारी एवम् सदस्यहरुको निर्वाचनका लागि आम रुपमा भूगोल, खुल्ला र समावेशी क्षेत्र निर्धारण गर्नु पर्नेछ । ती प्रत्येक क्षेत्रबाट निर्वाचित हुने सदस्य सङ्ख्या तोक्नु पर्नेछ ।
ख) कमिटीमा विधानको धारा ¬– ६६ (४) अनुरुप हरेक कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्नेछ । न्यूनतम योग्यता र मापदण्ड नपुगेको अवस्थामा भने महिला सदस्यहरूको स्थान खालि रहनेछ ।
ग) कमिटीमा स्थानीय विशेषता अनुरुप मजदुर, दलित, आदिवासी, जनजाति र अल्पसङ्ख्यक समुदायको समावेशी प्रतिनिधित्व हुनुपर्नेछ । समावेशी प्रतिनिधित्वको सङ्ख्या स्थानीय विशेषता अनुरुप सम्बन्धित अधिवेशनबाट तय गर्नुपर्नेछ ।
घ) अधिवेशन हुने मिति भन्दा अघिल्लो फागुन–चैत्रमा नवीकरण भई केन्द्रीय संगठन विभागबाट प्रमाणित पार्टी सदस्यहरु मात्र अधिवेशनमा प्रतिनिधि छान्ने मतदाता हुनेछन् र ती प्रतिनिधिहरु कमिटीका पदाधिकारी एवम् सदस्य निर्वाचित गर्ने मतदाता हुनेछन् ।
ङ) निर्वाचित कमिटीमा कुल सदस्य संख्याको २५ प्रतिशत वैकल्पिक सदस्य हुनेछन् ।
च) कमिटीको पदाधिकारीमा उम्मेद्वार भएको व्यक्ति सोही कमिटीको सदस्यमा पनि उम्मेदवार भएको मानिने छ ।
छ) निर्वाचन सम्बन्धी कुनै विवाद उत्पन्न भएमा निर्वाचन आयोगको निर्णय अन्तिम हुनेछ ।

११. स्थानीय कमिटीमा निर्वाचित हुने अधिकतम सदस्य संख्या देहाय बमोजिम हुनेछ ः

क) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला कमिटीमा पदाधिकारी सहित ५१ सदस्यीय । एकभन्दा बढी निर्वाचन क्षेत्र भए प्रत्येक निर्वाचन क्षेत्रबाट चार जनाको दरले सदस्य थप गर्न सकिने ।
ख) विशेष जिल्ला कमिटीमा पदाधिकारीसहित ५१ सदस्य ।
ग) अञ्चल सम्पर्क कमिटीमा पदाधिकारी सहित ३५ सदस्य ।
घ) निर्वाचन क्षेत्रीय कमिटीमा पदाधिकारी सहित ५१ सदस्य ।
स्पष्टीकरण ः सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित पार्टीका संगठित सदस्य रहेका सांसदलाई निर्वाचन क्षेत्रीय कमिटीको बैठकमा आमन्त्रण गर्नुपर्ने छ । यसरी आमन्त्रित हुने व्यक्तिलाई मताधिकार रहने छैन ।
ङ) इलाका र नगर स्तरीय कमिटीमा पदाधिकारी सहित ३५ सदस्य ।
च) विशेष इलाका कमिटीमा पदाधिकारी सहित २५ सदस्य ।
छ) शाखा कमिटीमा पदाधिकारी सहित २१ सदस्य ।
ज) प्रारम्भिक कमिटीमा पदाधिकारी सहित १५ सदस्य ।
झ) विधानको धारा २८ (क) २ बमोजिम गठन हुने विशेष नगर समन्वय कमिटीको सदस्य संख्या जिल्ला कमिटीले निर्धारण गरे बमोजिम हुनेछ ।

१२. स्थानीय कमिटी र तिनका पदाधिकारी एवं सदस्यहरुका मापदण्ड देहाय बमोजिम हुनेछन् ः

क) अञ्चल सम्पर्क कमिटीको हैसियत जिल्ला कमिटी सरह हुनेछ र त्यसका सदस्यको योग्यता जिल्ला कमिटीको सदस्य सरह हुनुपर्नेछ ।
ख) निर्वाचन क्षेत्रीय कमिटीको सदस्य हुनका लागि निर्वाचन क्षेत्रस्तरको पार्टी कमिटीमा रही काम गरेको वा ईलाका कमिटीमा रहेर तीन वर्ष काम गरेको वा पार्टीको संगठित सदस्य भई कम्तिमा ५ वर्षको संगठनात्मक अनुभव भएको हुनुपर्नेछ । तर महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने निर्वाचन क्षेत्रीय कमिटी वा इलाका कमिटीमा रहेर काम गरिसकेको वा सङ्गठित सदस्य भई ३ वर्ष काम गरेको भए पुग्नेछ ।
ग) इलाका÷नगर कमिटीको सदस्य हुन सोही स्तरको कमिटी वा शाखा कमिटीमा सदस्य भई काम गरेको वा संगठित सदस्य भई तीन वर्ष काम गरेको हुनुपर्नेछ । तर महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने संगठित सदस्य भई २ वर्ष काम गरेको भए पुग्नेछ ।
घ) शाखा कमिटीको सदस्य हुन शाखा वा प्रारम्भिक कमिटीमा रहेर काम गरेको वा संगठित सदस्य भई २ बर्ष काम गरेको हुनु पर्नेछ । तर महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने संगठित सदस्य भई १ वर्ष काम गरेको भए पुग्नेछ ।
ङ) प्रारम्भिक कमिटीको सदस्य हुन पार्टीको संगठित सदस्य भएको हुनुपर्नेछ ।
च) कमिटीको पदाधिकारी हुनका लागि विधानको धारा – ३८ (ठ) बमोजिम सम्बन्धित तहको कमिटीमा कम्तिमा एक अवधि काम गरिसकेको हुनुपर्नेछ । तर पहिले कुनै पार्टी कमिटी नरहेको र पहिलो पटक कमिटी बनिरहेको स्थानमा भने यो मापदण्ड आकर्षित हुनेछैन ।

१३. जिल्ला लेखा परीक्षण कमिटी, जिल्ला निर्वाचन कमिटी, स्थानीय सल्लाहकार परिषद् तथा जेष्ठ कम्युनिष्ट मञ्च
क) जिल्ला लेखापरिक्षण कमिटी ः
जिल्ला अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव सहित बढीमा ७ सदस्यीय जिल्ला लेखापरिक्षण कमिटीको निर्वाचन गरिने छ । यो कमिटी जिल्ला अधिवेशन र जिल्ला प्रतिनिधि परिषद प्रति उत्तरदायि हुनेछ । कमिटीको अध्यक्षको मर्यादा जिल्ला सचिवालय सदस्य सरह र उपाध्यक्ष, सचिव र सदस्यहरुको मर्यादा जिल्ला कमिटी सदस्य सरह हुनेछ । कमिटीका पदाधिकारी र सदस्यहरु पार्टीका अन्य कमिटी, निकाय र जनवर्गिय संगठनमा संगठित हुने छैनन् । यस कमिटीका अधिकार र कर्तव्य देहाय बमोजिम हुनेछ ।
१ पार्टीको निर्वाचन क्षेत्रिय कमिटी, महानगर, उपमहानगर, नगर÷इलाका÷ विशेष इलाका तथा जिल्ला तहका जनवर्गिय संगठनको आय व्ययको नियमित अनुगमन र वार्षिक लेखा परिक्षण गर्ने ।
२. आवश्यकता अनुसार शाखा कमिटी र जिल्ला मातहतका जनसंगठनहरूको आय व्ययको निरिक्षण तथा छानविन गरी सुझाव सहितको प्रतिवेदन जिल्ला कमिटीमा प्रस्तुत गर्ने ।
३. आवश्यक अनुसार जिल्ला सचिवालय÷ कार्यालयसंग संयोजन गरी लेखा तथा आर्थिक व्यवस्थापन सम्बन्धी तालिम प्रशिक्षण सञ्चालन गर्ने ।
५ लेखा परिक्षण सम्बन्धी कामको सन्दर्भमा आवश्यकता अनुसार जिल्ला कमिटी मातहतका कमिटी र कमिटीका वैठक र कार्यक्रममा उपस्थित हुने ।
५ आफ्नो कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरुको जिल्लामा राजिनामा स्वीकृत गर्ने ।
६ आफ्ना सम्पूर्ण कामको प्रतिवेदन जिल्ला कमिटी, जिल्ला प्रतिनिधि परिषद र जिल्ला अधिवेशनबाट अनुमोदन गराउनु पर्नेछ ।
७. कमिटीका अध्यक्षले जिल्ला कमिटी र कमिटीको सचिवालयमा भाग लिने छन ।
ख) जिल्ला निर्वाचन कमिटी ः ः
पार्टीको जिल्ला अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव सहित बढीमा ७ सदस्यीय जिल्ला निर्वाचन आयोगको निर्वाचन गरिने छ । यो कमिटी जिल्ला अधिवेशन र जिल्ला प्रतिनिधि परिषदप्रति उत्तरदायि हुनेछ । कमिटीको अध्यक्षको मर्यादा जिल्ला सचिवालय सदस्य सरह र उपाध्यक्ष, सचिव र सदस्यहरुको मर्यादा जिल्ला कमिटी सदस्य सरह हुनेछ । यस कमिटीका पदाधिकारी र सदस्यहरु पार्टीका अन्य कमिटी, निकाय र जनवर्गिय संगठनमा संगठित हुने छैनन् । यस कमिटीका अधिकार र कर्तव्य देहाय बमोजिम हुनेछ ।
१ पार्टीको निर्वाचन क्षेत्रिय कमिटी, इलाका र विशेष इलाका, महानगर, उपमहानगर र नगर कमिटीको पदाधिकारी एवं सदस्यहरुको निर्वाचन गराउने ।
२ घोषित जनवर्गिय संगठनका जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको निर्वाचन गराउने ।
३ प्रारम्भिक कमिटी तथा जनवर्गिय संगठनका जिल्ला मातहत कमिटीका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन अनुगमन गर्ने तथा आवश्यक मार्गदर्शन गर्ने ।
४ आफुले सम्पादन गर्ने निर्वाचन कार्यक्रमका लागी सम्बन्धित पार्टी कमिटीको सहयोगमा आवश्यक जनशक्ति परिचालन गर्ने ।
५ आयोगका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरुको राजिनामा स्वीकृत गर्ने ।
६ आफ्नो कामको प्रतिवेदन जिल्ला कमिटी, जिल्ला प्रतिनिधि परिषद र जिल्ला अधिवेशनमा प्रस्तुत गर्ने ।
ग) स्थानीय सल्लाहकार.परिषद ः
क) स्थानीय कमिटीहरुले विभिन्न विषयमा आवश्यक सल्लाह सुझाव लिनका निम्ति आफ्नो कमिटीको कुल सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी नहुने गरी एक सल्लाहकार परिषद गठन गर्न सक्नेछन् । परिषद सम्बन्धित कमिटीप्रति उत्तरदायि रहनेछ ।
ख) यस्को अध्यक्षको मर्यादा सम्बन्धित तहको सचिवालय सदस्य सरह हुनेछ ।
ग) उपाध्यक्ष, सचिव र सदस्यहरुको मर्यादा सम्बन्धित कमिटी सदस्य सरह हुनेछ ।
घ) स्थानीय सल्लाहकार परिषदको अधिकार र कर्तव्य ः
१ आफूमध्येबाट अध्यक्ष, उपाध्यक्ष र सचिवको चयन गर्ने ।
२ परिषदको अध्यक्षले सम्बन्धित तहको पार्टी कमिटीका अध्यक्षसंग परामर्श गरी बैठक बोलाउन सचिवलाई निर्देशन दिने ।
३. आफ्नो तहको पार्टी कमिटीलाई आवश्यक्ता अनुसार विभिन्न विषयमा सल्लाह. सुझाव दिने ।
४. अध्यक्षले सचिवालयमा आमन्त्रित र कमिटीको पूर्ण बैठकमा पदेन सदस्यको हैसियतले भाग लिने
५ आफ्नो तहको कमिटीले तोकेको अन्य काम गर्ने ।

१४. प्रवास क्षेत्रहरु ः

क) प्रवास क्षेत्रहरु निम्नानुुसार हुनेछन् ः
१. प्रवास ‘क’ ः भारत
२. प्रवास ‘ख’ ः दक्षिणपूर्व एशिया
३. प्रवास ‘ग’ ः खाडी क्षेत्र÷मध्यपूर्व
४. प्रवास ‘घ’ ः युरोप
५. प्रवास ‘ङ’ ः उत्तर तथा दक्षिण अमेरिका
६. प्रवास ‘च’ ः अष्ट्रेलिया
ख) प्रवासका उपरोक्त क्षेत्रहरूमा प्रवासी नेपाली मञ्च÷प्रवासी नेपाली सङ्घ क्रियाशील हुनेछन् । तिनीहरूको कार्यसञ्चालन विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।

परिच्छेद – ५
आमन्त्रित सदस्यता, राजीनामा, पद रिक्तता र पदपूर्ति

१५. केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्षलाई स्थायी कमिटीको बैठकमा आमन्त्रित गरिनेछ ।

१६. राजीनामा ः

आफू रहेको पद वा सङ्गठित सदस्यबाट राजीनामा दिन चाहने अध्यक्षले आफ्नो कमिटीका उपाध्यक्ष समक्ष र अन्य पदाधिकारी वा सदस्यले आफ्नो कमिटीको अध्यक्ष समक्ष राजिनामा दिनु पर्नेछ । केन्द्रीय आयोगका अध्यक्षले उपाध्यक्ष समक्ष तथा पदाधिकारी र सदस्यले सचिव समक्ष राजिनामा दिनुपर्नेछ । त्यसैगरी विभाग वा संयन्त्रका पदाधिकारी वा सदस्यले सम्बन्धित पार्टी कमिटीको अध्यक्ष समक्ष राजिनामा दिनुपर्नेछ ।

१७. पद रिक्तता ः

क) निम्न अवस्थामा कुनै पनि कमिटी, आयोग, परिषद, विभाग र संयन्त्रका पदाधिकारी तथा सदस्यको पद रिक्त हुनेछ ः
१. राजीनामा स्वीकृत भएमा ।
२. कार्बाही परी निष्काशित भएमा ।
३. पार्टी परित्याग गरेमा ।
४. कार्यावधि समाप्त भएमा ।
५. कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन उम्मेदवार भएमा ।
६. पार्टीको जिल्ला र सो मातहत कमिटीको पदाधिकारी कुनै जनसंगठनको केन्द्रीय कमिटीको पदाधिकारी वा सचिवालय सदस्य निर्वाचित भएमा ।
७. विभाग, कार्यदल, संयन्त्र आदिमा रहेका व्यक्तिलाई सम्बन्धित पार्टी कमिटीले जिम्मेवारीबाट हटाएमा,
८. औपचारिक रुपमा कुनै कारण नजनाई आफ्नो कमिटी, आयोग, परिषद, विभाग र संयन्त्रका बैठकमा लगातार तीन पटकसम्म अनुपस्थित भएमा ।
९. मृत्यु भएमा ।
ख) कुनै पनि तहको पार्टी कमिटी, आयोग, विभाग, संयन्त्रको पदाधिकारी वा सदस्य आफ्नो व्यक्तिगत पेशा, व्यवसाय वा अध्ययन आदि कारणले ६ महिनाभन्दा बढी समय कार्यक्षेत्रबाट बाहिर गएमा त्यस्ता व्यक्ति सो कमिटी, आयोग, विभाग वा संयन्त्रको पद वा सदस्यबाट स्वतः मुक्त हुनेछ ।

१८. पदपूर्ति ः

विधानको धारा ६५ को ५, ६, ७ बमोजिम पदपूर्तिको प्रक्रिया देहाय अनुरूप हुनेछ ः
१. केन्द्रिय कमिटीका पदाधिकारीहरूको पदपूर्ति राष्ट्रिय प्रतिनिधि परिषद्ले केन्द्रीय कमिटीका अन्य पदाधिकारी, सदस्य वा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमध्येबाट गर्नेछ ।
२. केन्द्रीय आयोगका अध्यक्षको पदपूर्ति राष्ट्रिय प्रतिनिधि परिषद्ले केन्द्रिय आयोगका अन्य पदाधिकारी वा सदस्य वा परिषद् सदस्य मध्येबाट गर्नेछ ।
३. स्थानीय कमिटीका पदाधिकारीको पदपूर्ति सम्बन्धित तहको प्रतिनिधि परिषद्ले कमिटीका अन्य पदाधिकारी वा सदस्य वा सम्बन्धित प्रतिनिधि परिषद् सदस्यहरू मध्येबाट गर्नेछ ।
४. सबै तहका प्रतिनिधि परिषद्हरूले विधानको धारा १५ (ख) को ३ को अधिनमा रही आफ्नो कार्यकालमा सम्बन्धित तहको कमिटीका कूल सदस्य सङ्ख्याको बढीमा एक तिहाईसम्म फेरबदल सक्नेछन् ।

परिच्छेद – ६
केन्द्रीय सचिवालय र विभाग

१९. केन्द्रीय सचिवालय ः

क) विधानको धारा – १४ (घ) २ बमोजिम गठन हुने केन्द्रीय सचिवालयमा निम्नानुसार पदाधिकारी तथा सदस्यहरु रहनेछन् ः
१. महासचिव,
२. उपमहासचिवहरू
३. केन्द्रीय कमिटीका सचिवहरू
४. केन्द्रीय कार्यालय सचिव,
५. केन्द्रीय आर्थिक विभाग प्रमुख
६. आवश्यकताअनुसार केन्द्रीय कमिटीले तोकेका सदस्य ।
ख) केन्द्रीय सचिवालयका अधिकार र कर्तव्य विधानको धारा – १४ (ठ) मा उल्लेखित व्यवस्थाका अतिरिक्त निम्नानुसार हुनेछन् ः
१. केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद, केन्द्रीय सल्लाहकार परिषद तथा अञ्चल समन्वय कमिटीमा मनोनयन, केन्द्रीय विभाग, मोर्चा, फाँट, संयन्त्र र स्थानीय कमिटीहरुको गठन–पुनर्गठन लगायत केन्द्रीय तहबाट गरिनु पर्ने संगठनात्मक कामसंग सम्बन्धित प्रस्ताव तयार गरी केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी समक्ष प्रस्तुत गर्ने,
२. केन्द्रीय निकाय, विभाग, फाँट, मोर्चा, संयन्त्र, स्थानीय कमिटी लगायत समग्र संगठनात्मक कामको अनुगमन गर्ने र यिनीहरु वीच कुनै समस्या वा अन्तरविरोध उत्पन्न भएमा समाधानको लागि पहल गर्ने,
३. केन्द्रीय निकाय, विभाग, फाँट, मोर्चा तथा संयन्त्रका सिफारिसहरु ग्रहण गर्ने र तत्सम्बन्धमा आवश्यक प्रस्ताव तयार गरी केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीसमक्ष प्रस्तुत गर्ने,
४. स्थानीय कमिटीका फैसला विरुद्धको पुनरावेदन ग्रहण गर्ने, त्यसउपर छानवीन गर्ने र निर्णयार्थ केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी समक्ष प्रस्ताव प्रस्तुत गर्ने,

२०. केन्द्रीय तथा स्थानीय विभागहरु ः

क) विधानको धारा ५९– १ बमोजिम केन्द्रीय तहमा पार्टीसम्बद्ध तथा राज्य सञ्चालनसँग सम्बन्ध गरी देहायका विभागहरु रहनेछन् ः
१. अर्थ तथा योजना विभाग
२. आर्थिक विभाग
३. उद्योग तथा वाणिज्य विभाग
४. उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग
५. कृषि तथा भूमिसुधार विभाग
६. जलस्रोत तथा उर्जा विभाग
७. न्याय तथा कानुन विभाग
८. निर्वाचन विभाग
९. पर्यटन प्रवद्र्धन विभाग
१०. प्रचार विभाग
११. पार्टी स्कुल विभाग
१२. पुस्तकालय तथा अभिलेख विभाग
१३. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१४. युवा तथा खेलकुद विभाग
१५. राजकीय मामला विभाग
१६. राष्ट्रिय सुरक्षा विभाग
१७. वन तथा वातावरण विभाग
१८. विज्ञान तथा प्रविधि विभाग
१९. वैदेशिक मामला विभाग
२०. शहरी विकास विभाग
२१. शिक्षा तथा मानवस्रोत विभाग
२२. श्रम तथा रोजगार विभाग
२३. सहकारी तथा गरिबी निवारण विभाग
२४. सङ्गठन विभाग
२५. सङ्घीय मामला विभाग
२६.संविधानसभा÷संसदीय विभाग
२७. संस्कृति विभाग
२८. सामाजिक सेवा विभाग
२९. सामान्य प्रशासन विभाग
३०. स्थानीय विकास विभाग
३१. स्वास्थ्य तथा जनसङ्ख्या विभाग
ख) विधानको धारा–५९, १ बमोजिम अञ्चल, जिल्ला, निर्वाचनक्षेत्र र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा इलाकास्तरमा समेत आवश्यकताअनुसार देहायका विभागहरु रहनेछन् ः
१. आर्थिक विभाग
२. निर्वाचन विभाग
३. पार्टी स्कूल विभाग
४. प्रचार विभाग
५. सहकारी तथा गरिबी निवारण विभाग
६. सङ्गठन विभाग
७. स्थानीय विकास विभाग
स्पष्टिकरण ः माथि तोकिएकोभन्दा थप विभाग गठन गर्नुपर्ने भएमा माथिल्लो कमिटीको अनुमति लिएर गठन गर्न सकिनेछ ।
ग) विभागमा सम्बन्धित पार्टी कमिटीका सदस्य प्रमुख रहनेछन् । केन्द्रीय विभागमा पदाधिकारी सहित बढीमा २५ जना र स्थानीय तहमा पदाधिकारी सहित बढीमा ११ जना सदस्य रहनेछन् । विभागका पदाधिकारी तथा सदस्यले अनुसूचि – ११ बमोजिमको फाराम भर्नु पर्नेछ ।
घ) विभागले सदस्यहरु मध्येबाट सचिव निर्वाचित गर्नेछन् ।
ङ) विभाग गठन गर्ने कमिटी विघटित भएमा विभागको अवधि पनि स्वतः समाप्त भएको मानिनेछ ।
च) विभागहरुले मातहत कमिटी र निकायहरुलाई सिधा निर्देशन दिने वा परिचालित गर्ने छै्रनन् । मातहत कमिटी वा निकायहरुसँग पत्राचार गर्नुपरेमा सम्बन्धित तहको पार्टी कमिटी वा सचिवालय मार्फत गर्नेछन् ।
छ) विभागले आफ्नो काम प्रभावकारी ढङ्गले सम्पादन गर्न आवश्यकता अनुसार विज्ञ÷विशेषज्ञहरुको ‘डेस्क’ गठन गर्न सक्नेछ ।
ज) केन्द्रीय विभागको बैठक सामान्यतया ३ महिनामा बस्नेछ ।

२१. विभागका अधिकार र कर्तव्य ः

विभागहरुले सम्बन्धित पार्टी कमिटीको अंगका रुपमा रही नीति एवं योजना निर्माण र कार्यान्वयनमा सहयोग गर्नेछन् । उनिहरु सम्बन्धित पार्टी कमिटीप्रति उत्तरदायी हुनेछन् र आफ्नो कामका योजना र प्रतिवेदन आफूसँग सम्बन्धित पार्टी कमिटीमा पेश गर्नेछन् । विभागका अधिकार र कर्तव्य देहायबमोजिम हुनेछन् ः
क) अर्थ तथा योजना विभाग ः
१. राष्ट्रिय–अन्तर्राष्ट्रिय आर्थिक अवस्थाको अध्ययन गरी पार्टीले लिनु पर्ने आर्थिक नीति तथा समग्र विकासका आधारहरु सहितको प्रतिवेदन पेश गर्ने,
२. पार्टी सरकारमा रहेको वा नरहेको अवस्थामा सरकारको नीति तथा कार्यक्रम, बजेट एवं प्रतिबद्धता र तिनको कार्यान्वयनको समिक्षा गर्ने,
३. आर्थिक विकासको क्षेत्रमा समष्टिगत तथा क्षेत्रगत रुपमा अवलम्बन गर्नुपर्ने नीति र कार्यक्रमहरुबारे अध्ययन तथा विश्लेषण गरी सामग्री तयार गर्ने,
४. विभिन्न क्षेत्रका विशेषज्ञ, विज्ञ तथा योजनाविद्हरुलाई पार्टीको हितमा परिचालन गर्ने,
५. सरकारका अर्थ तथा योजनासँग सम्बन्धित महत्वपूर्ण एवं दूरगामी प्रकृतिका निर्णयको सम्बन्धमा जानकारी लिने, तथ्य सङ्कलन गर्ने एवं त्यस सम्बन्धमा पार्टी दृष्टिकोण निर्माण गर्न सम्बन्धित कमिटीलाई सहयोग गर्ने,
६. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
ख) आर्थिक विभाग ः
१. पार्टीको आर्थिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
२. पार्टीको आर्थिक अवस्था सुदृढ गर्न कार्ययोजना तयार गरी केन्द्रीय कमिटी समक्ष प्रस्तुत गर्ने,
३. पार्टीको कोषलाई पार्टी नीति अनुरुप मितव्ययी ढंगले परिचालन गर्ने,
४. पार्टीको हितमा अधिकतम आयश्रोत परिचालन गर्न प्रस्ताव गर्ने,
५. वार्षिक रुपमा बजेट (आय–व्यय) तयार गरी प्रस्तुत गर्ने,
६. संबन्धित कमिटीको आय–व्यय नियमित रुपमा बैङ्किङ कारोबार मार्फत गर्ने,
७. दोहोरो लेखा प्रणाली अन्तर्गत लेखा राख्ने र आन्तरिक लेखा परीक्षण गर्ने,
८. लेखा परीक्षणबाट देखिएका बेरुजुहरु फछ्र्यौट गर्न लगाउने,
९. पार्टीको आर्थिक विनियमले तोकेका कामहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्ने,
१०. आर्थिक विनियम संशोधन गर्नु परेमा केन्द्रीय आर्थिक विभागले आवश्यक प्रस्ताव तयार पारी केन्द्रीय कमिटी समक्ष पेश गर्र्नेे,
११. विभाग प्रमुखले दैनिक आर्थिक कार्य सम्पादन गर्ने । उक्त कार्य प्रमुखको अनुपस्थितिमा विभागले तोकेको व्यक्तिले गर्ने,
१२. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
ग) उद्योग तथा वाणिज्य विभाग ः
१. मुलुकको औद्योगिक अवस्था तथा वाणिज्य क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेश गर्ने,
२. उद्योग–व्यवसाय तथा वाणिज्यका क्षेत्रमा रहेका समस्या र समाधानका उपायबारेमा अध्ययन गरी सुझाव पेश गर्ने,
३. उद्योगपति र व्यवसायीहरुका समस्याहरुमा केन्द्रीत भएर गोष्ठी तथा छलफल कार्यक्रम सञ्चालन गर्ने,
४. उद्योग तथा वाणिज्यसंग सम्बन्धित पार्टी नीतिमा समयोचित परिमार्जन गर्न प्रस्ताव पेश गर्ने ।
५. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
घ) उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग
१. उपभोक्ता हित संरक्षणका उद्देश्य र लक्ष्य स्पष्ट पार्ने,
२. उपभोक्ता हितलाई समयानुकुल विकास गर्न विषय विशेषज्ञहरुसंग छलफल गरी सुझाव लिने,
३. उपभोक्ता हित संरक्षणका समस्या र चुनौतिहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने,
४. उपभोक्ता हित संरक्षणका क्षेत्रमा कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेश गर्ने,
ङ) कृषि तथा भुमिसुधार विभाग ः
१. कृषि क्षेत्रका समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा अध्ययन गरी त्यस सम्बन्धमा पार्टी नीतिमा समयोचित परिमार्जन गर्न प्रस्ताव पेश गर्ने,
२. कृषिको व्यबसायिकरण, आधुनिकीकरण एवं कृषि उत्पादन बृद्धि गर्न र कृषकहरुले भोगिरहेका समस्याहरुको समाधान संबन्धमा नीति तथा योजना बनाई प्रस्तुत गर्ने,
३. बैज्ञानिक भूमिसुधार, भू–उपयोग, भू–स्वामित्व एवं भूमिअधिकार संबन्धी नीति तथा भूमीसँग संबन्धीत समस्याहरुको समाधानका उपायहरु सहितको सुझाव प्रतिवेदन पेश गर्ने,
४. कृषिसंग सम्बन्धित विभिन्न संघ–संस्थाहरुका सम्बन्धमा अध्ययन गरी अभिलेख राख्ने र तिनीहरुको संचालन सम्बन्धी नीति प्रस्ताव गर्ने,
५. किसानहरुलाई पार्टी नीति अनुरुप प्रभावकारी रुपमा परिचालन गर्नका लागि कार्ययोजना पेश गर्ने,
६. कृषि क्षेत्रका विशेषज्ञ तथा विज्ञहरुको अभिलेख राख्ने र उनिहरुलाई पार्टीको हीतमा परिचालन गर्ने । उनीहरुको सहयोगमा कृषिसँग संबन्धीत तालिम प्रशिक्षण सञ्चालन गर्ने,
७. कृषि तथा भूमीसुधारसंग सम्बन्धित बिषयहरुमा गोष्ठी तथा छलफल आयोजना गर्ने,
८. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
च) जलस्रोत तथा उर्जा विभाग ः
१. जलश्रोत एवं उर्जाका सम्बन्धमा सरकारले लिएका नीति तथा ऐन कानुनहरुको अध्ययन गरी तिनलाई समयानुकुल परिमार्जन गर्न सुझाव दिने,
२. मुलुकको जलश्रोत तथा उर्जाको अवस्था र त्यस क्षेत्रका समस्या एवं समाधानका उपायबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने,
३. जलश्रोत तथा उर्जाका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संंस्थाहरुसंग सम्बन्ध राख्ने, सम्पर्क विस्तार गर्ने तथा तिनको सम्बन्धमा अध्ययन गरी सुझाव दिने,
४. जलस्रोत तथा उर्जा सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन कानूनहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीतिका बारेमा सुझाव दिने,
५. जलश्रोत तथा उर्जाको क्षेत्रमा कार्यरत व्यक्ति संस्था र विज्ञ विशेषज्ञहरुसंग सम्पर्क राखी अन्तरकृया, गोष्ठी, छलफल गर्ने र उनिहरुलाई पार्टीको हितमा परिचालन गर्ने,
६. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
छ) न्याय तथा कानुन विभाग
१. देशको संविधान, ऐन–कानून र नियमहरुको अध्ययन गरी तिनको कार्यान्वयनको स्थिति तथा सुधार एवं परिमार्जनका सम्बन्धमा सुझाव दिने,
२. सम्बन्धित पार्टी कमिटीलाई आवश्यक कानूनी परामर्श दिने र कानुन सम्बन्धी सामग्रिहरु तयार पार्ने,
३. पार्टीसित सम्बन्धित र पार्टीले तोकेका मुद्दा–मामिलाहरुको सन्दर्भमा आवश्यक सहयोग गर्ने,
४. राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कानूनी विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुसंग छलफल वा विचार विमर्श गरी प्राप्त निष्कर्षहरु पेश गर्ने,
५. कानून र न्याय क्षेत्रसंग सम्बन्धित विभिन्न संघ–संस्थाहरुसंग सम्बन्ध कायम गर्ने,
६. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
ज) निर्वाचन विभाग
१. संसदीय र स्थानीय निर्वाचनसित सम्बन्धित संवैधानिक तथा सरकारी निकायहरुसंग सम्पर्क र समन्वय गर्ने,
२. निर्वाचन क्षेत्रको परिवर्तन र निर्वाचन प्रणालीमा गर्नु पर्ने सुधारका बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने,
३. स्थानीय तथा संसदीय निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरुका लागि मापदण्ड तयार गरी सुझाव पेशगर्ने,
४. निर्वाचनहरुबाट प्राप्त अनुभवका आधारमा निर्वाचनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन सुझाव पेश गर्ने,
५. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
झ) पर्यटन प्रवद्र्धन विभाग
१. पर्यटन क्षेत्रको अवस्थाको समूचित अवस्थाको अभिलेख व्यवस्थित गर्ने ।
२. पर्यटन क्षेत्रसंग सम्बधित मौजूदा ऐन कानुन र संरचनाहरुलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा विषय विशेषज्ञहरुसंग छलफल गरी सुझाव दिने,
३. पर्यटन क्षेत्रका समस्या र चुनौतिहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने,
४. पर्यटन क्षेत्रमा (सरकार)मा कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेश गर्ने,
५. पर्यटन क्षेत्रको विकासका लागि स्थानीय साधन श्रोत परिचालनका उपयायहरु बारे विशेषज्ञहरुसँग छलफल गरी सुझाव दिने,
६. पर्यटन क्षेत्र (सरकार)लाई पार्टी नीति अनुरुप प्रभावकारी ढङ्गले सञ्चालन गर्न योजना बनाई पेश गर्ने,
७. पर्यटन क्षेत्रलाई राष्ट्रिय विकासको समग्र धारणाअनुरुप अगाडी बढाउन जनसहभागिता जुटाउनका लागि पार्टी पंक्तिलाई परिचालित गर्न एवं पर्यटन क्षेत्रमा पार्टीलाई स्थापित गराउन योजना पेश गर्ने,
८. पर्यटन क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरुको अभिलेख तयार पार्ने,
९. पर्यटन क्षेत्र सम्बन्धी नीति तयार पार्न आवश्यक कार्यक्रमहरुको आयोजना गर्ने,
१०. पर्यटन क्षेत्र सम्बन्धी पार्टी नीतिलाई जनसमक्ष पु¥याउन आवश्यक सामाग्री तयार गर्ने,
ञ) प्रचार विभाग
१. पार्टीको मुखपत्र, राजनीतिक पत्रिका र अन्य सामग्री प्रकाशित गर्ने,
२. पार्टीको आवश्यकतानुसार प्रचार सामग्रीहरु तयार गर्ने,
३. पार्टीको संचारसंबन्धी नीति तयार गरी प्रस्तावित गर्ने,
४. संचार माध्यमहरुलाई पार्टीको पक्षमा परिचालित गर्र्ने,
५. संचारकर्मीहरुवीच पार्टीको भूमिकालाई प्रभावकारी बनाउन योजना बनाई पेश गर्ने,
६. पत्रकार सम्मेलन, भेटघाट र अन्तरक्रिया गर्ने,
७. पार्टी पक्षधर, योग्य र सक्षम संचारकर्मी तयार गर्ने,
८. स्वदेशी तथा विदेशी संचार माध्यम र संस्थाहरुसंग नियमित सम्बन्ध–सम्पर्क कायम गर्ने,
९. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
ट) पार्टी स्कूल विभाग ः
१. पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरुप आफ्नो तहमा नियमित वा आवधिक पार्टी स्कूल संचालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी लागुू गर्ने,
२. पार्टीका सम्पूर्ण सदस्यहरुको सैद्धान्तिक वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्ने,
३. पार्टी स्कूलको निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरु तयार गर्ने,
४. विभिन्न स्तरका पाठ्य विषय प्रस्ताव गर्ने, पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्र्नेे र प्रकाशित गर्ने,
५. आफूले सञ्चालन गरेका प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरुको परीक्षा लिने तथा प्रमाणपत्र दिने र तिनीहरुको अभिलेख राख्ने,
६. स्वदेश तथा विदेशका पार्टी स्कुलहरूसँग अनुभवको आदानप्रदान गर्ने,
७. पार्टीमा एकिकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यहरुलाई विशेष प्रशिक्षणको व्यबस्था गर्ने,
८. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
ठ) पुस्तकालय तथा अभिलेख विभाग
१. पार्टी केन्द्रीय कार्यालयको पुरुतकालयलाई आधुनिक तथा बैज्ञानिक ढंगले व्यवस्थापन गर्ने ।
२. पुस्तकालयमा उपलब्ध पुस्तक र बुलेटिन तथा पत्र पत्रिकालाई स्तर अनुरुप वर्गिकरण गरी सूचिकृत गर्ने ।
३. राजनीति, ईतिहास, विज्ञान तथा प्रविधीसंग सम्बन्धित प्रकाशित नविनतम पुस्तक तथा बुलेटिनहरु संकलन गर्ने ।
४. नेपाली तथा विश्व कम्युनिष्ट आन्दोलनसंग सम्बन्धित पुस्तक तथा अभिलेखहरु संग्रह गर्ने ।
५. पार्टीका संगठनात्मक अभिलेख संकलन तथा व्यवस्थापन गर्ने
६. सार्वजनिक गर्न योग्य पार्टीका संगठनात्मक अभिलेख सार्वजनिक गर्ने ।
ड) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१. भौतिक पूर्वाधार तथा यातायातको विकासका निर्माणका लागि मौजूदा ऐन कानुन र संरचनाहरुलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा विषय विशेषज्ञहरुसंग छलफल गरी सुझाव दिने,
२. भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका समस्या र चुनौतिहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने,
३. राष्ट्रिय विकास एवं मुलुकको आर्थिक सामाजिक रुपान्तरणका दृष्टिले महत्वपूर्ण रहेको सडक, रेलवे लगायत पूर्वाधार विकासका निम्ति पार्टीका तर्फबाट क्षेत्रगत एवं विषयगत नीतिहरु तयार पार्ने र राज्यका सम्बन्धित निकायसँग समन्वय गर्ने । यस सम्बन्धमा आवश्यक योजनाहरु बनाई पेश गर्ने,
४. भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित विशेषज्ञहरुको अभिलेख तयार पार्ने,
५. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
ढ) युवा तथा खेलकुद विभाग
१. युवा शक्तिको समूचित अवस्थाको अभिलेख तयार गर्ने ।
२. युवाहरुका बारेमा मौजूदा ऐन कानुन र संरचनाहरुलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा विषय विशेषज्ञहरुसंग छलफल गरी सुझाव दिने,
३. युवाहरुका समस्या र चुनौतिहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने,
४. युवा शक्तिलाई योग्य र सक्षम बनाउन भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेश गर्ने,
४. मुलुकका सञ्चालित खेलकूदको सूची तयार गर्ने ।
५. खेलकूदको विकासका निम्ती साधन श्रोत परिचालनका उपयायहरु बारे विशेषज्ञहरुसँग छलफल गरी सुझाव दिने,
६. खेलकूदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पधी बनाउन योजना बनाई पेश गर्ने,
७. बेरोजगार युवाहरुलाई उत्पादन कार्यमा सहभागि गराउन कार्ययोजना बनाई पार्टीमा पेश गर्ने ।
८. युवा जगतका बिचमा पार्टीलाई स्थापित गराृउने योजना पेश गर्ने,
८. पार्टीमा युवाहरुलाई पर्यटन क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरुको अभिलेख तयार पार्ने,
ण) राजकीय मामला विभाग
१. मन्त्रिपरिषद् तथा संवैधानिक अङ्गबाट भएका काम–कार्वाहीहरुको अनुगमन गर्ने ।
२. पार्टीको तर्फबाट संवैधानिक निकाय वा सरकारको माथिल्लो तहमा गरिने राजनीतिक र प्रशासनिक नियुक्तिका सम्बन्धमा मापदण्ड तय गरी पेश गर्ने ।
३. राजनीतिक र प्रशासनिक नियुक्ति गरीएका ब्यक्तिहरुको विवरण राख्ने ।
४. राजकीय मामलासँग सम्बन्धित पदाधिकारीहरु तथा विज्ञहरुको अभिलेख राखी कामको आधारमा मूल्याङ्कन प्रतिवेदन तयार गर्ने ।
५. राजकीय मामलासँग सम्बन्धित समस्या र समाधानका उपायहरुको अध्ययन गरी प्रतिवेदन पेश गर्ने ।
६. राजकीय मामलासंग सम्बन्धित बिषयहरुमा गोष्ठी तथा छलफल आयोजना गर्ने ।
७. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
त) राष्ट्रिय सुरक्षा विभाग
१. राष्ट्रिय सुरक्षा सम्बन्धी उद्देश्य र लक्ष्य प्रष्ट पार्ने,
२. राष्ट्रिय सुरक्षालाई समयानुकुल विकास गर्न विषय विशेषज्ञहरुसंग छलफल गरी सुझाव दिने,
३. राष्ट्रिय सुरक्षाका समस्या र चुनौतिहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने,
५ राष्ट्रिय सुरक्षा निकायहरुको प्रभावकारी परिचालनका उपयायहरु बारे विशेषज्ञहरुसँग छलफल गरी सुझाव दिने,
६. राष्ट्रिय सुरक्षा विज्ञहरुको सूचि तयार गर्ने ।
थ) वन तथा वातावरण विभाग ः
१. जंगल, जैविक विविधता तथा खनिज पदार्थका सम्बन्धमा सरकारले लिएका नीति तथा ऐन कानुनहरुको अध्ययन गरी तिनलाई समयानुकुल परिमार्जन गर्न सुझाव दिने,
२. मुलुकको जंगल, जैविक विविधता तथा खनिज पदार्थको अवस्था र त्यस क्षेत्रका समस्या एवं समाधानका उपायबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने,
३. जंगल, जैविक विविधता तथा खनिज पदार्थका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संंस्थाहरुसंग सम्बन्ध राख्ने, सम्पर्क विस्तार गर्ने तथा तिनको सम्बन्धमा अध्ययन गरी सुझाव दिने,
४. वन तथा वातावरणसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन कानूनहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीतिका बारेमा सुझाव दिने,
५. जंगल, जैविक विविधता तथा खनिज पदार्थको क्षेत्रमा कार्यरत व्यक्ति संस्था र विज्ञ विशेषज्ञहरुसंग सम्पर्क राखी अन्तरकृया, गोष्ठी, छलफल गर्ने र उनिहरुलाई पार्टीको हितमा परिचालन गर्ने,
६. औद्योगिकरण गर्दा र ठूला आयोजना निर्माण गर्दा वातावरणमा पुग्न जाने क्षति नियन्त्रण गर्न लिनु पर्ने नीतिहरुका सम्बन्धमा पार्टीलाई सुझाव दिने,
७. वातावरण संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी, सम्झौताको अध्ययन गरी सुझाव दिने,
८. वातावरणलाई प्रतिकूल असर पार्ने प्लास्टिकजन्य बस्तुहरूको उत्पादन तथा उपभोग, औद्योगिक प्रदूषण र हानीकारक रासायनिक फोहरको व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक नीति तयार गरी कार्यान्वयन गर्ने ।
९. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
द) विज्ञान तथा प्रविधि विभाग ः
१. विज्ञान तथा प्रविधी सम्बन्धी विषय विज्ञहरुको सूचि तयार गरी अभिलेख कायम गर्ने र विज्ञान तथा प्रविधी सम्बन्धी विषय विज्ञहरुका समस्या र समाधानका उपायहरुका बारेमा पार्टीलाई सुझाव दिने ।
२. विज्ञान तथा प्रविधी बारेमा मौजूदा ऐन कानुन र संरचनाहरुलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा विषय विशेषज्ञहरुसंग छलफल गरी सुझाव दिने,
३. विज्ञान तथा प्रविधीका समस्या र चुनौतिहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने,
४. विज्ञान तथा प्रविधि सम्बन्धी भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेश गर्ने ।

ध) वैदेशिक मामिला विभाग ः
१. पार्टीको विदेश नीतिका सम्बन्धमा केन्द्रीय कमिटीमा सुझाव प्रस्तुत गर्ने,
२. विभिन्न मुलुकका कम्युनिष्ट, समाजवादी, वामपंथी, श्रमिक तथा अन्य पार्टीको बारेमा जानकारी लिने, अभिलेख राख्ने र तिनीहरुसंग सम्बन्ध कायम तथा विकास गर्न पहल गर्ने । तिनीहरुसंग प्रकाशन, अनुभव र विचारको आदान–प्रदान गर्ने,
३. विश्वमा घटेका महत्वपूर्ण राजनीतिक घटनाहरुका बारेमा अध्ययन गरी सुझाव पेश गर्ने,
४. विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा पार्टीको सहभागिताका लागि नाम सिफारिस गर्ने र त्यस्तो भ्रमणलाई पार्टीको हितमा अधिकतम उपयोगी बनाउन प्रयत्न गर्ने । विदेश भ्रमणमा जानेहरुबाट लिखित प्रतिवेदन प्राप्त गर्ने र निजहरुको अभिलेख राख्ने,
५. सरकारको विदेश नीतिको बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने,
६. पार्टीको अंग्रेजी पत्रिका ल्भध भ्चब को सम्पादन तथा प्रकाशन गर्ने । पार्टीका दस्तावेज तथा प्रकाशनहरु र हाम्रो देश तथा पार्टीको बारेमा जानकारी गराउने सामग्रीहरु आवश्यकता अनुसार विदेशी भाषामा अनुवाद गरेर वा लेखेर प्रकाशित गर्र्नेे,
७. पार्टी केन्द्रीय कमिटीले तोकेका अन्य काम गर्ने ।
न) शहरी विकास विभाग
१. शहरी विकास विभागको उद्देश्य र लक्ष्य प्रष्ट पार्ने ।
२. अव्यवस्थित शहरलाई समयानुकुल विकास गर्न विषय विशेषज्ञहरुसंग छलफल गरी सुझाव दिने,
३. शहरी विकासका समस्या र चुनौतिहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने,
४. शहरी विकास क्षेत्रमा कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेश गर्ने,
५ शहरी विकासका लागि स्थानीय साधन श्रोत परिचालनका उपयायहरु बारे विशेषज्ञहरुसँग छलफल गरी सुझाव दिने,
६. सडक, विद्युत, दुरसञ्चार, पर्यटन, खानेपानी र शहरी विकासजस्ता पूर्वाधार विकासका निम्ति पार्टीका तर्फबाट क्षेत्रगत एवं विषयगत नीतिहरु तयार पार्ने र राज्यका सम्बन्धित निकायसँग समन्वय गर्ने सम्बन्धमा आवश्यक योजनाहरु बनाई पेश गर्ने,
७. शहरी विकास संग सम्बन्धित विशेषज्ञहरुको अभिलेख तयार पार्ने,
८. अव्यबस्थित बसाईसराई, वस्तीहरुको अत्यधिक चाप र पूर्वाधारको अवस्थालाई ध्यानमा राखेर नेपालको शहरी संरचना सम्बन्धी नीति तयार गर्ने,
९. अव्यबस्थित बसाईसराई, वस्तीहरुको अत्यधिक चाप र पूर्वाधारको अवस्थालाई ध्यानमा राखेर नेपालको शहरी संरचना सम्बन्धी नीति तयार गर्ने,
प) शिक्षा तथा मानवस्रोत विभाग ः
१. वैज्ञानिक तथा जनवादी शिक्षा नीतिको विकासका निम्ति वर्तमान शैक्षिक स्थिति र शिक्षा नीतिको समग्र अध्ययन गरी प्रतिवेदन पेश गर्ने,
२. शैक्षिक प्रतिष्ठानहरुको तथ्य–विवरण राखी सम्बन्धित क्षेत्रका समस्याहरुको अध्ययन प्रतिवेदन पेश गर्ने,
३. वर्तमान शिक्षा प्रणालीका गुण दोषका बारेमा अध्ययन गरी सुझाव पेश गर्ने,
४. शैक्षिक क्षेत्रसंग सम्बन्धित विषयमा आवश्यकतानुसार गोष्ठी र छलफल कार्यक्रमहरु आयोजना गर्ने,
५. मुलुकलाई आवश्यक जनशक्ति निर्माण गर्न नीति तथा योजना बनाई पेश गर्ने,
६. शिक्षामा नीजी क्षेत्रको लगानी र सवैका लागि शिक्षाका बीचमा सन्तुलन कायम गर्ने सम्बन्धमा नीतिगत सुझाव दिने,
७. मुलुकमा सञ्चालित विश्वविद्यालयहरु र नयाँ खोलिने विश्वविद्यालयहरु सम्बन्धी लिनु पर्ने नीतिको बारेमा आवश्यक अध्ययन गरी राय सुझाव पेश गर्ने,
८. मुलुकलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादनका निम्ती लिनुपर्ने प्राविधिक शिक्षा सम्बन्धी नीति निर्माणमा सुझाव दिने,
९. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
फ) श्रम तथा रोजगार विभाग
१. श्रम सम्बन्धसंग सम्बन्धित पार्टी नीतिमा समयोचित परिमार्जन गर्न प्रस्ताव पेश गर्ने ।
२. श्रम सम्बन्ध क्षेत्रका समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने ।
३. श्रम सम्बन्धसंग सम्बन्धित बिषयहरुमा गोष्ठी आयोजना गर्ने ।
ब) सहकारी तथा गरिबी निवारण विभाग
१. पार्टीको सहकारी तथा गरिबी निवारण सम्बन्धी नीति, प्रस्ताव तथा योजनाहरु तयार गरी पेश गर्ने,
२. देशमा रहेका सहकारी संस्था र तिनका गतिविधीका तथ्य विवरण संकलन र तिनिहरुको जनमुखी एवं प्रभावकारी संचालन सम्बन्धी योजना तयार गरी पेश गर्ने,
३. सरकारको सहकारी नीति तथा गरिबी निवारण कार्यक्रमका बारेमा अध्ययन गरी जानकारी गराउने,
४. सहकारी तथा गरिबी निवारण सम्बन्धी गोष्ठी र छलफल कार्यक्रमको आयोजना गर्ने,
५. सहकारीको विकास र प्रवद्र्धन गरी सामाजिक परिवर्तनको अभियानलाई ठोस सहयोग पु¥याउन योजना बनाउने,
६. पार्टी पंक्तिलाई सहकारी अभियानमा संलग्न एवं सक्रिय बनाउन तालिम तथा प्रशिक्षणको आयोजना गर्ने र सहकारी संबन्धी प्रकाशन तथा प्रचार गर्ने,
७. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
भ) सङ्गठन विभाग
१. पार्टी सदस्य, संगठित सदस्य र विभिन्न तहका कमिटी सदस्यहरुको वर्गीय, जातीय, भाषिक, लैङ्गीक र क्षेत्रीय प्रतिनिधित्वको तुलनात्मक अभिलेख तयार गर्ने र नियमित रुपमा अद्यावधिक गर्ने,
२. पार्टी सदस्य र संगठित सदस्यहरुको अभिलेख राख्ने र प्रमाणित गर्ने,
३. पार्टीको समग्र संगठनात्मक अभिलेख राख्ने र नियमित रुपमा अद्यावधिक गर्ने,
४. पार्टी सदस्य तथा संगठित सदस्यहरुको स्थानान्तरण गर्ने,
५. पार्टीको संगठनात्मक जीवनसंग सम्बन्धित समस्या तथा सम्भावनाहरुको सम्बन्धमा अध्ययन र छलफल गरी त्यसबाट प्राप्त निष्कर्षहरुलाई सम्बन्धित पार्टी कमिटी समक्ष प्रस्ताव प्रस्तुत गर्ने,
६. केन्द्रीय संगठन विभागले संगठनात्मक क्षेत्रमा प्राप्त अनुभवहरु संकलन तथा विश्लेषण गर्ने र त्यसको निष्कर्षको आधारमा पार्टीले लिनुपर्ने संगठनात्मक नीतिका सम्बन्धमा प्रस्ताव तयार गरी केन्द्रीय कमिटी समक्ष प्रस्तुत गर्ने,
७. केन्द्रीय संगठन विभागले पार्टी विधान तथा नियमावलीको ब्याख्या तथा प्रयोगमा बाधा अड्काउ उत्पन्न भएमा त्यस्ता बाधा अड्काउ फुकाउन केन्द्रीय कमिटी समक्ष प्रस्ताव प्रस्तुत गर्ने,
८. केन्द्रीय संगठन विभागले राष्ट्रिय महाधिवेशन र राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा प्रस्तुत गरिने विधान संशोधन सम्बन्धमा प्रस्ताव तयार गर्ने र केन्द्रीय कमिटी समक्ष प्रस्तुत गर्ने,
९. केन्द्रीय संगठन विभागले पार्टीको नियमावली संशोधन सम्बन्धमा प्रस्ताव तयार गर्ने र केन्द्रीय कमिटी समक्ष प्रस्तुत गर्ने,
१०. केन्द्रीय संगठन विभागले पार्टीको राष्ट्रिय महाधिवेशनद्वारा पारित संगठन सम्बन्धी नीति कार्यान्वयन गर्न केन्द्रीय कमिटी समक्ष सुझाव प्रस्तुत गर्ने,
११. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
म) सङ्घीय मामला विभाग

य) संविधानसभा÷संसदीय विभाग
१. संविधानसभा–संसदीय दललाई पार्टीको सिद्धान्त, कार्यक्रम र नीति अनुरुप संचालन गर्न सहयोग पु¥याउने,
२. दलका नेताको परामर्शमा दलका सदस्यहरुलाई संविधानसभा र ब्यवस्थापिका संसदका समिति तथा कार्यदलहरुमा मनोनयनका लागि सिफारिस गर्ने,
३. दलको नेताको परामर्शमा दलका सदस्यहरुलाई विभिन्न विदेशी प्रतिनिधि मण्डल तथा कार्यक्रमहरुमा सहभागी गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने,
४ दल, बोर्ड र समुहका सदस्यहरुलाई पार्टीको नीति, योजना र उद्देश्य अनुरुप मार्गदर्शन, परिचालन र अनुगमन गर्ने,
५. दलको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने, आवश्यकता अनुसार विज्ञ÷विशेषज्ञहरुको सहयोग लिने र दलका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न प्रशिणको ब्यवस्था गर्ने,
६. दलको कुनै सदस्यलाई अनुशासनात्मक कारवाही गर्नुपरेमा केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने,
७. दलको विधान संशोधनको लागि लिखित प्रस्ताव तयार गर्ने र दलद्वारा पारित विधान अनुमोदनको लागि केन्द्रीय कमिटी समक्ष प्रस्तुत गर्ने,
८. दलको विधानको कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ फुकाउन केन्द्रीय कमिटीमा सुझाव प्रस्तुत गर्नें,
९. दलको काम र भूमिकाको सम्बन्धमा आवधिक रुपमा समिक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कमिटी समक्ष प्रस्तुत गर्ने,
१०. आवश्यकता अनुसार दल र संविधानसभा–ब्यवस्थापिका संसद तथा सरकारवीच सम्पर्क÷समन्वय कायम गर्ने,
११. दलका सभासद–साँसदहरुको अभिलेख राख्ने ।
१२. संविधानसभा–ब्यवस्थापिका संसदमा दलले निर्वाह गरेको भूमिकाको प्रचार–प्रसार गर्ने,
१३. केन्द्रीय कमिटीले तोकेका अन्य काम गर्र्ने ।
र) संस्कृति विभाग
१. जाति, भाषा, धर्म, संस्कृति संबन्धी समस्या तथा समाधानका उपाय सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्ने,
२. विभिन्न जाती तथा जनजातिका संस्कृति, भाषा, साहित्य र लिपिको संरक्षण तथा विकासमा सहयोग पु¥याउने र सो कार्यको लागि योजना निर्माण गरी प्रस्तुत गर्ने,
३. जाति, भाषा, धर्म, संस्कृतिसंग सम्बन्धित विभिन्न संघ–संस्थाहरुका सम्बन्धमा अध्ययन गरी संचालन गर्ने सम्बन्धमा नीति प्रस्ताव गर्ने,
४. जाति, भाषा, धर्म, संस्कृतिसंग सम्बन्धित पार्टी नीतिमा समयोचित परिमार्जन गर्न प्रस्ताव पेश गर्ने,
५. विभिन्न जाति तथा जनजातिका संस्कृति, भाषा, साहित्य र लिपिको संरक्षण तथा विकासका लागि योजना निर्माण गरी प्रस्तुत गर्ने,
६. जनमुखी संस्कृति र संस्कारका लागि योजना बनाई पेश गर्ने,
७. पार्टीको सांस्कृतिक नीतिलाई समृद्ध र प्रभावकारी बनाउन आवश्यक अध्ययन गरी प्रस्ताव पेश गर्ने,
८. साहित्यिक, सांस्कृतिक पत्रिका प्रकाशन गर्ने,
९. जाति, भाषा, धर्म र संस्कृति एवं जनवादी साहित्य र संस्कृति सम्बन्धी विषयमा गोष्ठी, छलफल, कार्यशाला आदिको आयोजना गर्ने,
१०. सांस्कृतिक र साहित्यिक संस्थाहरुसित सम्बन्ध विस्तार गर्ने र विभिन्न क्षेत्रका साहित्यकार, कलाकर्मीहरुलाई पार्टीको हितमा परिचालित गर्र्ने,
११. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
ल) सामाजिक सेवा विभाग
१. गैरसरकारी एवं सामाजिक संस्था र सामाजिक क्षेत्रसंग सम्बन्धित काम सम्बन्धमा नीति निर्माण गर्न सरकारी नीतिको समेत अध्ययन गरी सुझाव पेश गर्ने,
२. गैरसरकारी संस्थाहरुलाई जनहितमा परिचालन गर्न आवश्यक योजना बनाई प्रस्तुत गर्ने,
३. सामाजिक क्षेत्रको कामसंग सम्बन्धित विषयमा गोष्ठी–सेमिनार आदिको आयोजना गर्ने,
४. गैरसरकारी संस्थाहरुबाट आयोजना गरिने कार्यक्रममा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने गराउने,
५. नेपालमा गैरसरकारी संस्थाहरुको उपस्थिति, भूमिका र संभाब्यताबारे अध्ययन गर्ने र त्यस्ता संस्थाहरुमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुको संलग्नता तथा भूमिका सम्बन्धी नीति निर्माण गर्न प्रस्ताव गर्ने,
६. सामाजिक सुरक्षा सम्बन्धी राज्यका नीतिहरुको अध्ययन गर्ने र समयानुकुल सुधारका लागि सुझाव दिने,
७. राज्य तथा राजनीतिक दलहरुमा महिला, दलित, आदिवासी जनजाति, मधेशी समुदाय, लोपोन्मुख एवं अल्पसंख्यक जाती एवं समुदाय, दुर्गम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने र नेतृत्व विकास गर्ने सम्बन्धमा उपयुक्त नीति निर्माण गर्न सुझाव प्रस्तुत गर्ने,
८. समावेशिकरण सम्बन्धी राज्यका संविधान, ऐन कानुन र तिनको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन गरी सुझाव दिने,
९. जेष्ठ नागरिक, बालबालिका, अपांग, एकल तथा विधवा महिला एवं असहायहरुको सामाजिक सुरक्षाका सम्बन्धमा आवश्यक नीति निर्माण गर्न सुझाव दिने,
१०. महिला हिंसा, बालश्रम, जिउ मास्ने बेच्ने आदि अपराध रोक्न र त्यससंबन्धी प्रभावकारी ऐन कानुन निर्माणका लागि सुझाव दिने,
११. समावेशिकरण एवं सामाजिक सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय कानुन एवं सन्धि सम्झौताहरुको अध्ययन गरी राष्ट्रिय सन्दर्भमा तिनको औचित्य र उपयोगिताबारे सुझाव दिने,
१२. राज्यका अङ्गहरुमा सरकारद्वारा गरिने राजनीतिक नियुक्तिहरु समावेशी भए नभएको अध्ययन गरी सुझाव दिने,
१३. पार्टीको सदस्यता विस्तार र विभिन्न कमिटीहरुमा प्रतिनिधित्वको अवस्थाबारे अध्ययन गरी समावेशिकरणका निम्ति लिनुपर्ने नीति र गर्नुपर्ने काम सम्बन्धी प्रस्ताव पेश गर्ने,
१४. महिला, दलित, आदिवासी, जनजाति, मधेशी, लोपोन्मुख एवं अल्पसंख्यक समुदाय र पिछडिएको क्षेत्रसंग सम्बन्धित बिषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गर्ने तथा सम्बन्धित संघ संस्थाहरुको अभिलेख राखी अध्ययन गर्ने र उनीहरुसंग सम्बन्ध विस्तार गर्ने,
१५. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
व) सामान्य प्रशासन विभाग ः
१. सामान्य प्रशासनसंग सम्बन्धित कार्यक्षेत्र र विज्ञहरुको अभिलेख तयार गर्ने ।
२ सामान्य प्रशासन प्रभावकारी संचालनका निम्ती मौजूदा ऐन कानुन र संरचनाहरुलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा विषय विशेषज्ञहरुसंग छलफल गरी सुझाव दिने,
३. सामान्य प्रशासन अन्तरगतका समस्या र चुनौतिहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने,
४. सामान्य प्रशासन अन्तरगत कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन योजना निर्माण गरी पेश गर्ने,
५. प्रशासन प्रभावकारी परिचालनका उपयायहरु बारे विशेषज्ञहरुसँग छलफल गरी सुझाव दिने,
श) स्थानीय विकास विभाग
१. स्थानीय विकासका लागि मौजूदा ऐन कानुन र संरचनाहरुलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा विषय विशेषज्ञहरुसंग छलफल गरी सुझाव दिने,
२. स्थानीय विकासका समस्या र चुनौतिहरुको अध्ययन गरी पार्टीले लिनु पर्ने नीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने,
३. स्थानीय निकाय (सरकार)मा कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन भेला, गोष्ठी र प्रशिक्षणको योजना निर्माण गरी पेश गर्ने,
४. स्थानीय निकाय (सरकार) मार्फत दिइने सेवा र सम्पादन हुने कामलाई जनमुखी र प्रभावकारी बनाउन सुझाव दिने,
५. स्थानीय विकासका लागि स्थानीय साधन श्रोत परिचालनका उपयायहरु बारे विशेषज्ञहरुसँग छलफल गरी सुझाव दिने,
६. स्थानीय निकाय (सरकार)लाई पार्टी नीति अनुरुप प्रभावकारी ढङ्गले सञ्चालन गर्न योजना बनाई पेश गर्ने,
७. स्थानीय विकासलाई राष्ट्रिय विकासको समग्र धारणाअनुरुप अगाडी बढाउन तथा स्थानीय विकासमा जनसहभागिता जुटाउनका लागि पार्टी पंक्तिलाई परिचालित गर्न एवं स्थानीय तहमा पार्टीलाई स्थापित गराउन योजना पेश गर्ने,
८. स्थानीय विकाससँग सम्बन्धित विशेषज्ञहरुको अभिलेख तयार पार्ने,
९. स्थानीय विकास सम्बन्धी नीति तयार पार्न आवश्यक कार्यक्रमहरुको आयोजना गर्ने,
१०. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।
ष) स्वास्थ्य तथा जनसंख्या विभाग ः
१. स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रसंग सम्बन्धित पार्टी नीतिमा समयोचित परिमार्जन गर्न प्रस्ताव पेश गर्ने,
२. स्वास्थ्य क्षेत्रका समस्या तथा समाधानका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने,
३. स्वास्थ्य क्षेत्रसंग सम्बन्धित विभिन्न संघ–संस्थाहरुका सम्बन्धमा अध्ययन गरी अभिलेख राख्ने,
४. स्वास्थ्य क्षेत्रसंग सम्बन्धित संगठनहरुको सम्बन्धमा नीतिगत प्रस्ताव प्रस्तुत गर्ने,
५. स्वास्थ्य क्षेत्रसंग सम्बन्धित बिषयहरुमा गोष्ठी तथा छलफल आयोजना गर्ने,
६. पार्टीका समस्याग्रस्त वा पूर्णकालीन कार्यकर्ताहरुको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पु¥याउने,
७. राष्ट्रिय जनसंख्या नीति निर्माण गर्न विशेषज्ञहरुसंग छलफल गरी सुझाव दिने,
८. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।

२२. समाज विज्ञानका विभिन्न विधाहरूको अध्ययन अनुसन्धानका लागि एक नीति अनुसन्धान प्रतिष्ठान गरिनेछ । यसको गठन, क्षेत्राधिकार तथा सञ्चालन निर्देशिकामा उल्लेख गरिएबमोजिम हुनेछ ।

परिच्छेद – ७
पार्टी संयन्त्र, कार्यदल र मोर्चा संगठन

२३. पार्टी संयन्त्र ः

क) विधानको धारा – ६२ बमोजिम विभिन्न पेशागत, सामुदायिक तथा सरोकारवाला संघ, संगठन तथा संस्थाहरुमा संयन्त्र मार्फत पार्टीको भूमिका स्थापित गरिने छ ।
ख) पार्टी संयन्त्रमा सम्बन्धित पार्टी कमिटीबाट तोकिएका इन्चार्जसमेत केन्द्रमा बढीमा ११ जना र स्थानीय तहमा बढीमा ७ जना सदस्य रहनेछन् ।
ग) पार्टी संयन्त्रमा पार्टी सदस्य रहेका सम्बन्धित संगठनका पदाधिकारी तथा सदस्यहरु रहनेछन् । विशेष स्थितिमा परिक्षणकालमा रहेका सदस्य र समर्थकहरू पनि रहन सक्नेछन् ।
घ) पार्टी संयन्त्रको गठन सम्बन्धित तहको पार्टी कमिटीद्वारा गरिनेछ र यसमा सचिव तथा सदस्यहरु रहने छन् । उनीहरुले अनुसूचि–१२ बमोजिमको फाराम भर्नु पर्ने छ ।
ङ) सम्बन्धित तहको पार्टी कमिटीले आवश्यक ठानेको अवधिसम्म पार्टी संयन्त्र संचालन हुनेछ । जुन संगठन वा संस्थामा पार्टी संयन्त्र गठन गरिएको हुन्छ त्यो संगठन वा संस्था बिघटित भएमा वा कार्यकाल समाप्त भएमा पार्टी संयन्त्रको कार्यकाल पनि स्वतः समाप्त हुनेछ । गठन गर्ने पार्टी कमिटी विघटित भएमा वा अधिवेशनबाट नयाँ कमिटी बनेमा संयन्त्र पनि स्वतः विघटित हुनेछ ।
च) पार्टी संयन्त्रका अधिकार र कर्तव्य देहायबमोजिम हुनेछन् ः
१. आपूmसित सम्बन्धित पेशागत, सामुदायिक, जनप्रतिनिधिमूलक तथा सरोकारवाला संघ संस्थालाई पार्टीको नीति, निर्णय र निर्देशन अनुरुप संचालन गर्ने,
२. सम्बन्धित पार्टी कमिटीको निर्णय र निर्देशनलाई बिना शर्त पालना गर्ने,
३. सम्बन्धित पार्टी कमिटीप्रति उत्तरदायी रहने र नियमितरुपमा आफ्ना कामको प्रतिवेदन पेश गर्ने,
४. सम्बन्धित पार्टी कमिटीले तोकेका अन्य काम गर्ने ।

२४. कार्यदल ः

क) कुनै पनि पार्टी कमिटीले विशेष प्रयोजनको निम्ती कार्यदल गठन गर्नसक्ने छ ।
ख) कार्यदलको अधिकार, कर्तव्य, कार्यविधि र कार्यावधि सम्बन्धित कमिटीले तोकेबमोजिम हुनेछ ।

२५. मोर्चा संगठन ः

क) विधानको धारा – ६० बमोजिम नेपाल टे«ड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, युवा संघ नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

विद्यार्थी युनियन, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघ, लोकतान्त्रिक मधेसी संगठन, नेपाल मुस्लिम इत्तेहाद संगठन, नेपाल उत्पिडित जातीय मुक्ति समाज, नेपाल बुद्धिजिवी परिषद, पेशागत महासंघ, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, प्रेस चौतारी नेपाल, मानव अधिकार एलायन्स, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल, नेपाल राष्ट्रिय खेलकूद महासंघ र प्रगतिशील कानुन ब्यवसायी सङ्घ, प्रगतिशील तथा पेशागत इन्जिनियर्स एसोसियसन, नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन र नेपाल उद्योग तथा व्यवसायी महासङ्घका बीचमा समन्वय कायम गरी सञ्चालन गर्न केन्द्र र स्थानीय तहमा मोर्चा संगठन निर्माण गरिने छ । अञ्चल र जिल्ला तहमा त्यहाँ क्रियाशील जनसङ्गठनहरूलाई समेटेर मोर्चा सङ्गठन निर्माण गरिनेछ ।
ख) मोर्चा संगठनमा घोषित जनसंगठनका इन्चार्ज तथा अध्यक्ष सदस्य रहने छन् । मोर्चा सङ्गठनको प्रमुख र आवश्यकता अनुसार उपप्रमुख इन्चार्ज सम्बन्धित तहको पार्टी कमिटीले तोक्ने छ । मोर्चाको बैठक आवश्यकता अनुसार बस्ने छ ।
ग) मोर्चा संगठनको अधिकार र कर्तव्य देहायबमोजिम हुनेछ ः
१. मोर्चामा आबद्ध जनसंगठनहरुलाई पार्टीको तर्फबाट राजनीतिक नेतृत्व प्रदानगर्ने,
२. मोर्चामा आवद्ध जनसंगठनहरु वीच समन्वय कायम गर्ने,
३. मोर्चामा आवद्ध जनसंगठनहरुलाई साझा हितका बिषयहरुमा सामुहिक र समन्वयात्मक रुपमा परिचालन गर्ने,
४. सम्बन्धित तहको पार्टी कमिटी समक्ष आफ्ना कामको प्रतिवेदन पेश गर्ने ।

परिच्छेद – ८
विविध

२६. विनियम तथा निर्देशिका ः

पार्टीको कार्यसम्पादनलाई सुव्यबस्थित गर्न केन्द्रीय कमिटीले देहायबमोजिमका विनियम तथा निर्देशिका रहनेछन् –
क) आर्थिक विनियम ।
ख) मदन– आश्रित कार्यकर्ता संरक्षण कोष विनियम ।
ग) केन्द्रीय कार्यालयका कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियम ।
घ) पार्टी स्कूल सञ्चालन निर्देशिका ।
ङ) जेष्ठ कम्युनिष्ट मञ्च गठन तथा सञ्चालन निर्देशिका ।
च) सामुदायिक कम्युनिष्ट मञ्च गठन तथा सञ्चालन निर्देशिका ।
छ) स्वयम्सेवी संगठन गठन तथा सञ्चालन निर्देशिका
ज) मोर्चा संगठन संचालन निर्देशिका
झ) सम्पर्क मञ्चहरु गठन तथा सञ्चालन निर्देशिका ।
ञ) प्रवासको काम सम्बन्धी निर्देशिका ।
ट) नीति अनुसन्धान प्रतिष्ठान सम्बन्धी निर्देशिका ।
ञ) अन्य आवश्यक विनियम तथा निर्देशिकाहरू ।
२७. मनोनयन ः
पार्टीको कुनैपनि कमिटी, आयोग, परिषद, विभाग र संयन्त्रमा मनोनयनका निम्ति सिफारिस गर्दा अनुसूची – १३ बमोजिमको फारम भरी सम्बन्धित कमिटीमा प्रस्तुत गर्नुपर्नेछ ।
२८. दोहोरो प्रतिनिधित्व हुन नहुने
क) राजधानीभित्र स्थायी बसोबास गर्ने र मतदाता नामावलीमा नाम समावेश भएका पार्टी सदस्यहरू सम्पर्क समन्वय विशेष कमिटी या मञ्चहरूमा सङ्गठित हुनेछैनन् ।
ख) सम्पर्क समन्वय विशेष कमिटी अन्तर्गत सङ्गठित पार्टी सदस्यहरूले सम्बन्धित जिल्लाका अधिवेशनहरूमा प्रतिनिधि या कमिटीमा उम्मेदवार बन्न पाउनेछैनन् ।

२९. पार्टी प्रवेश ः

क) नेकपा (एमाले) मा प्रवेश गर्ने अन्य राजनीतिक पार्टीका सदस्य या समर्थकहरू वा स्वतन्त्र व्यक्तिले अनुसूची–१२ बमोजिमको फाराम भरेर बुझाउनु पर्नेछ र निजलाई अनुसूची – १० बमोजिमको प्रवेश पत्र दिइनेछ ।
ख) प्रबेश गराउने पार्टी कमिटीले प्रवेश गर्ने व्यक्तिलाई संगठित गर्ने र जिम्मेवारी दिनुपर्नेछ ।
३०. कार्ययोजना र प्रतिवेदन ः
क) भौगोलिक क्षेत्र, विभाग र फाँटका संयोजक, इन्चार्ज तथा प्रमुखले आफ्नो कार्यक्षेत्रको कार्ययोजना हरेक बर्षको पहिलो महिनामा, कामको आवधिक प्रतिवेदन प्रत्येक ६ महिनामा र बार्षिक समिक्षा प्रतिवेदन वर्षको अन्तमा सम्बन्धित तहको सचिवालयमा बुझाउनु पर्नेछ । विशेष अभियानको प्रतिवेदन अभियान सकिए लगत्तै सम्बन्धित तहको सचिवालयमा बुझाउनु पर्नेछ ।

३१. अनुमति र कार्यभार हस्तान्तरण ः

क) सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरु आफ्नो कार्यक्षेत्रबाट बाहिर जानुपरेमा सम्बन्धित कमिटीका अध्यक्षको अनुमति लिनुपर्नेछ । कार्यक्षेत्र बाहिर जानुपर्दा अध्यक्षले उपाध्यक्षलाई, महासचिवले उपमहासचिवलाई र स्थानीय कमिटीका सचिवले उपसचिवलाई कार्यभार दिनुपर्नेछ । विभागका प्रमुख तथा सदस्य कार्यक्षेत्र बाहिर जानुपर्दा सम्बन्धित पार्टी कमिटीको अध्यक्षको अनुमति लिनुपर्नेछ ।
ख) निर्वतमान कमिटीले नवगठित कमिटीलाई कमिटी गठन भएको १५ दिनभित्र श्रेस्ता, सम्पत्ति र हिसावकिताव सहित कार्यभार हस्तान्तरण गर्नुपर्ने छ ।

३२. शपथ ः

विधान अनुरुप सपथ ग्रहण गर्ने व्यक्तिले अनुसूची ….को शपथपत्रमा हस्ताक्षर गरी संबन्धित कमिटीमा बुझाउनु पर्नेछ ।

३३. नियमावलीको व्याख्या ः

यस नियमावलीको अन्तिम व्याख्या पार्टीको केन्द्रीय कमिटीले गर्नेेछ ।

३४. नियमावली संशोधन ः

पार्टी केन्द्रीय कमिटीले यस नियमावलीमा आवश्यक संशोधन गरी लागु गर्न सक्नेछ ।

३५. बाधा अड्काउ फुकाउने अधिकार ः

यस नियमावलीको प्रयोग गर्दा उत्पन्न बाधा अड्काउहरु फुकाउन केन्द्रीय कमिटीले आवश्यक आदेश वा निर्देशन जारी गर्नसक्नेछ ।

३६. बचाउ ः

यस अघिको नियमावली अनुरुप भए गरिएका कामहरु यसै नियमावली अनुसार गरिएको मानिने छ ।

–  –

अनुसूची – १
पार्टी सदस्यता आवेदन पत्र
(नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को
विधानको धारा ५ (ख) १ तथा नियमावलीको नियम ३ (क) संग सम्बन्धित)

मिति ः ………………
कमरेड अध्यक्ष,
………………………….कमिटी,
मार्फत, …………………………………………………. शाखा कमिटी ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
म यस पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधानलाई निशर्त रुपमा पालना गर्न मञ्जुर गर्दछु । मैले पार्टीको विधानमा उल्लेखित मापदण्ड पूरा गरेकोले पार्टी सदस्यता प्रदान गरियोस् भनी अनुरोध गर्दछु । मेरो व्यक्तिगत विवरण निम्नानुसार छ –
१. नाम, थर ः…………………….. २. जाती÷समुदाय ः…………………
३. स्थायी ठेगाना ः ………………… ४. अस्थायी ठेगाना ः ………………
५. आमाको नाम ः…………………. ६. बाबुको नाम ः……………………
७. जन्म मितिः …………………….. ८. वर्गश्रोत ः ………………………
९. शैक्षिक योग्यता ः ………………… १०. पेशा ः …………………………..
११. संक्षिप्त राजनीतिक पृष्ठभूमि ः ……………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………
……………………………………………………………………………………………..
……………………………………………………………………………………………..
………………………………..
आवेदकको हस्ताक्षर
सिफारिस ः
म आवेदकलाई राम्ररी चिन्दछु । निजको पार्टी जीवनको समग्र पक्षलाई अध्ययन गर्दा पार्टी सदस्यता प्रदान गर्न उपयुक्त देखिएकोले सिफारिस गर्दछु ।
सिफारिस गर्ने संगठित सदस्य ः
१) नाम ः……….कमिटी र पद ः………. ठेगाना ः ……… हस्ताक्षर ः……….
२) नाम ः……… कमिटी र पद ः…….. ठेगाना ः ……….. हस्ताक्षर ः……….

सिफारिस गर्ने कमिटी ः………. बैठक मिति ः……. अध्यक्षको नाम ः…….. हस्ताक्षर ः…….
निर्णय गर्ने कमिटी ः………….. बैठक मिति ः……. अध्यक्षको नाम ः …… हस्ताक्षर ः…….
अनुमोदन गर्ने कमिटी ः……….. बैठक मिति ः……. अध्यक्षको नामः …….. हस्ताक्षर ः…….

अनुसूची– २
शपथ

अनुसूची– ३
परिक्षणकालीन पार्टी सदस्यता विवरण
(नियमावलीको नियम ३ (ङ) संग सम्बन्धित)
अञ्चल ……………… जिल्ला ……………………. निर्वाचन क्षेत्र÷ईलाका …………….
क्र.सं. नाम थर जाती समुदाय ठेगाना जन्म मिति लिंग वर्ग प्रा.स.प्रा.मिति कैफियत









१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
अनुसूची– ४
पार्टी सदस्यता विवरण
(नियमावलीको नियम ३ (ङ) संग सम्बन्धित)
अञ्चल ……………… जिल्ला ……………………. निर्वाचन क्षेत्र÷ईलाका …………….
क्र.सं. नाम थर जाती समुदाय ठेगाना जन्म मिति लिंग वर्ग प्रा.स.प्रा.मिति कैफियत









१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२

अनुसूची– ५
पार्टी सदस्यता शुल्क तथा लेवि कार्ड
(नियमावलीको नियम ५ संग सम्बन्धित)

नाम ः ……………………. ठेगाना …………….. पार्टी सदस्यता नम्बर ः…………….
कमिटी ः …………………. पद ः…………………. साल ः ……………………………..

महिना सदस्यता शुल्क लेवी विशेष सहयोग जम्मा बुझ्नेको नाम कमिटी,पद हस्ताक्षर कैफियत
बैशाख
जेष्ठ
असार
साउन
भदौ
असोज
कात्तिक
मंसिर
पुष
माघ
फागुन
चैत्र
अनुसूची– ६
पार्टी सदस्यता पत्र
(विधानको धारा ५ (ख) ५ तथा नियमावलीको नियम ६ (क) १ सँग सम्बन्धित
अनुसूची– ७
परिचय पत्र
(नियमावलीको नियम ६ (ग) १ स“ग सम्बन्धित
नेपाल कम्युनिष्ट पार्टी
(एकिकृत माक्र्सवादी लेनिनवादी)

परिचय–पत्र

नाम……………………………………..प्रमाणित गर्नेको हस्ताक्षर…….
ठेगाना ………………………………….नाम…………………..
जन्ममिति……………………………….कमिटी ……………
कमिटी ………………………… पद…………………
पद …………………………. जारी मिती …………..
मान्य अवधि …………………………………………………….
अनुसूची–८
राजनीतिक–सांगठनिक विवरण फाराम
(विधानको धारा ७ (१) तथा नियमावलीको नियम ८ (ख) र २५ सँग सम्बन्धित
कमरेड अध्यक्ष,
…………………………………………..कमिटी
नेकपा(एमाले)

म नेकपा (एमाले) को सिद्धान्त, कार्यक्रम तथा नीतिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु र यस पार्टीमा एकिकृत÷समाहित भएर वा प्रवेश गरेर पार्टी विधान अनुरुप संगठित भई तोकिएको जिम्मेवारी पुरा गर्न चाहान्छु । मेरो व्यक्तिगत विवरण निम्नानुसार छ ।

नाम ः ….. ….. ….. ….. ….. ….. ….. जाती÷समुदाय ….. ….. ….. ….. ….
स्थायी ठेगाना ः ….. ….. ….. ….. ….. ….. ….. …. ….. ….. ….. ….. ….. ….. …..
अस्थायी ठेगाना ः ….. ….. ….. ….. ….. ….. ….. …. ….. ….. ….. ….. ….. ….. ..
सम्पर्क (फोन) ः ….. ….. ….. ….. ….. ईमेल ः ….. ….. ….. ….. ….. …….
जन्म स्थान ः ….. ….. ….. ….. ….. .. जन्म मिति ः ….. ….. ….. ….. …. .
लिङ्ग ः ….. ….. ….. ….. ….. ….. …. वर्ग ः ….. ….. ….. ….. …. ….. ….
शैक्षिक योग्यता ः ….. ….. ….. ….. ….. पेशा ः ….. ….. ….. ….. ….. ….. ..
पूवं संगठित राजनीतिक दल ः ….. ….. .. सदस्यता प्राप्त मिति ः ….. ….. ….. .
संगठित कमिटी ः ….. ….. ….. ….. …. पद ः ….. ….. ….. ….. ….. ….. …
जन–वर्गीय संगठन ः ….. ….. ….. ….. .. संगठित कमिटी ः ….. ….. ….. ….. .
पद र जिम्मेवारी ….. ….. ….. ….. ….. … कामको अनुभव र रुची ः ….. …… …

राजनीतिक सांगठनिक पृष्ठभुमी
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..

सिफारिस गर्ने व्यक्ति ः ….. ….. ….. ….. ….. कमिटी र पद ः ….. ….. ….. ….. …
१) सदस्यता सम्बन्धी सिफारिस ः ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ……..
२) जिम्मेवारी सम्बन्धी सिफारिस ः ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ……

निर्णय गर्ने कमिटी ः ….. ….. ….. ….. ….. निर्णय मिति ः ….. ….. ….. ….. …
१) सदस्यता सम्बन्धी सिफारिस ः ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ……..
२) जिम्मेवारी सम्बन्धी सिफारिस ः ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ……

अनुसूची–९
संगठित सदस्यता स्थानान्तरण पत्र
(नियमावलीको नियम ९ (ज) सँग सम्बन्धित

मिति ः …………….

कमरेड प्रमुख
……………….. संगठन विभाग, …………………….
नेकपा (एमाले)
विषय ः संगठित सदस्यता स्थानान्तरण सम्वन्धमा ।

कमरेड,
निम्न विवरणका कमरेडको संगठित सदस्यता त्यस कमिटी अन्तर्गत …………………………… रहने गरी स्थानान्तरण गरिएको छ । उहाँलाई संगठित गरी आवश्यक जिम्मेवारी दिनुहुन अनुरोध गरिन्छ ।

सिफारिस गर्ने कमिटी ः ……………………………….
सरुवा पत्रको मिति ः ……………………………..

व्यक्तिगत विवरण
नाम ः
जन्म मिति ः
संगठित सदस्यता प्राप्त मिति ः
संगठित सदस्यता नम्बर ः
संगठित सदस्यता नविकरण मिति ः
स्थानान्तरण हुनु अघि संगठित कमिटी ः
पद र जिम्मेवारी ः
हार्दिक अभिवादन सहित !
………………….
प्रमुख÷सचिव

बोधार्थ
– क. ………………

अनुसूची– १२
पार्टी प्रवेश पत्र
(नियमावलीको नियम २५ (क) सँग सम्बन्धित
अनुसूची– ११
मनोनयन सिफारिस विवरण
(नियमावलीको नियम २५ सँग सम्बन्धित

(कमिटी, परिषद, विभाग र संयन्त्रको सदस्यमा मनोनयन प्रयोजनका निम्ति)

सिफारिस गरिएको जिम्मेवारी
कमिटी÷परिषद÷विभाग÷संयन्त्र ः ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ..
स्थान÷संगठन ः ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …
पद ः ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …

सदस्यको विवरण

नाम ः ….. ….. ….. ….. ….. ….. ….. जाती÷समुदाय ….. ….. ….. ….. ….
स्थायी ठेगाना ः ….. ….. ….. ….. ….. ….. ….. …. ….. ….. ….. ….. ….. ….. …..
अस्थायी ठेगाना ः ….. ….. ….. ….. ….. ….. ….. …. ….. ….. ….. ….. ….. ….. ..
सम्पर्क (फोन) ः ….. ….. ….. ….. ….. ईमेल ः ….. ….. ….. ….. ….. …..
जन्म स्थान ः ….. ….. ….. ….. ….. .. जन्म मिति ः ….. ….. ….. ….. …. .
लिङ्ग ः ….. ….. ….. ….. ….. ….. …. वर्ग ः ….. ….. ….. ….. …. ….. ….
शैक्षिक योग्यता ः ….. ….. ….. ….. ….. पेशा ः ….. ….. ….. ….. ….. सदस्यता प्राप्त मिति ः ….. ….. ….. ….. संगठित सदस्यता नम्बर ः ….. ….. हाल संगठित कमिटी ः ….. ….. ….. ….. पद ः ….. ….. ….. ….. ….. ….. …

राजनीतिक सांगठनिक पृष्ठभुमी
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. ….. …..
सिफारिस गर्ने
नाम ः ….. ….. ….. ….. ….. ….. ….. .. कमिटी र पद ः ….. ….. ….. ….. …..
हस्ताक्षर ः ….. ….. ….. ….. ….. ….. ….. ….. .. मिति ….. ….. ….. ….. …..

विश्वका श्रमिक एक होऔं !
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादीे)को
(झण्डा)

याहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस ।

 

तपाइँको प्रतिक्रिया ।