काठमाडौं क्षेत्रनम्बर ४ मा अधिवेशनको रन्को

काठमाडौं क्षेत्रनम्बर  ४ मा अधिवेशनको रन्को

कपन अनलाइन\०७१ असार १६

 नेपाली काँगेसले भाद्र २४ देखि २८ गते सम्म  चल्ल्नेगरी  केन्द्रीय  महाअधिवेशनको मिति तोकेसँगै नेपाली काँग्रेस क्षेत्र नं. ४ मा महाधिवेशन सरगर्मी बढेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा श्रावण १४ गते तोकिएको गाउँ  तथा वडा  अधिवेशनको   चहलपहलले क्षेत्र नं. ४ का काँग्रेस कार्यकर्तामा उत्साहजनकरुपमा बढेको छ । यसैगरी महाधिवेशनको चहलपहलसँगै यस अघि विरलै वस्ने काग्रेसका बिभिन्न कमिटिका बैठकहरु महाधिवेशनको मिति नजिकै गर्दा घरघरमा दैनिकजसो हुन थालेको छ  । मिटिङ एवम् भेटघाटमा क्षेत्र तथा वडाहरुमा  कसरी को जाने वा कसलाई जिताउने भन्ने योजना बुनिरहेका छन् ।   एक महिला तथा एक वडा सभापति सहित ५ जना प्रतिनिधिका लागि नगर तथा महानगरका सबै वडाहरुमा करिब एक दर्जनभन्दा धेरै आकाङ्क्षी रहेका छन् ।

Facebook_ktm4

वडाधिवेशनकै सिलसिलामा बुनपा वडा नं. १२ मा वडा सभापतिका आकाँक्षीहरुमा श्याम डोटेल र नारदमणि घिमिरे रहेको चर्चामा आएको छ । श्याम डोटेल हाल वडा नागरिक मञ्च बुनपा १२ वडाका संयोजक हुन् भने नारदमणि घिमिरे बुनपा १२ वडाका पार्टी संयोजक हुन् ।यद्धपि नारदमणि घिमिरे  र श्याम डोटेल बीच प्रतिस्पर्द्धा हुदाँ नारदमणि को पल्ला भारि हुने  नेपाली कांग्रेस क्षेत्रनम्बर  चारका एक क्रियासिल सदस्यले नाम नलेख्ने सर्तमा बताए  ।

त्यस्तै अन्य क्षेत्रीय प्रतिनिधिका आकाँक्षीहरुमा सागर बैजू, डोरप्रसाद आचार्य, रामप्रसाद लुइटेल तथा महिलाहरुमा रीता बुढाथोकी, मीना पराजुली रहेका छन् । पछिल्लो समय श्याम डोटेल र नारदमणी पौडेल दुबै क्षेत्रीय प्रतिनिधिमा जाने भनेर पनि हल्ला चलेको छ । यदि यसो भयो भने रामप्रसाद लुइटेललाई फाइदा हुने बताइन्छ ।

त्यसैगरी वडा नं. १३ मा वडा सभापतिको आकाँक्षीमा राधेश्याम कार्की र क्षेत्रिय  प्रतिनिधि हरुमा पूर्व गाउँ सभापति विनोद चालिसे ,रामकृष्ण के.सी, शशि शर्मा रहेको बताइन्छ ।

वडा नं. १४ मा वडा सभापतिको आकाँक्षी हरुमा टंक सापकोटा, बिक्रम खनाल रहेका छ्न्न्न भने क्षेत्रीय प्रतिनिधिका आकाँक्षीहरुमा   आत्माराम पौडेल,  बृहस्पति चालिसे, विश्वनाथ दाहाल, अच्युत पौडेल, केशव पाठक,केशव ढकाल,  राजाराम बुढाथोकी,  मञ्जु खतिवडा र कमला खनालको नाम चर्चामा रहेको छ ।

न्हुच्छेनारायण श्रेष्ठले कार्यकाल  दोहोर्याउने 

 क्षेत्र नं. ४ का  क्षेत्रीय सभापतिमा वर्तमान सभापति  न्हुच्छेनारायण श्रेष्ठले कार्यकाल दोहोर्याउने इच्छा व्यक्त गरेका कारण कांग्रेसी वृत्तमा थप तरंग सिर्जना भएको वताइन्छ । कतिपय अबस्थामा   दुई डुङ्गामा खुट्टा राख्ने नेताका रुपमा परिचित श्रेष्ठ  गगन थापालाई अत्यधिक बहुमतले विजयी गराएका कारण गगन थापाको समर्थन प्राप्त छ भन्ने हल्ला व्यापक छ ।  गगन थापाले उनलाई समर्थन गरे कसैले हराउन नसक्ने बताइन्छ ।यद्धपि वर्तमान क्षेत्रीय सचिव श्याम संगत  सक्रिय एवम् रवाफिलो स्वभावका साथमा गगन थापाका अत्यन्त निकट भनेर चिनिएकाले अब न्हुच्छेनारायण श्रेष्ठको दिन सकिएको भन्नेहरू पनि धेरै छन् । तर गगन थापाले कसलाई समर्थन गर्ने भन्ने कुरा अझै अड्कलबाजीमै   सिमित रहेको  छ ।

 यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. ४ गगन थापा बिरोधी भनेर चिनाइने  राजु श्रेष्ठको अान्तरिक सक्रियताले के कति प्रभाव पार्छ भन्ने विषय पनि पेचिलो रुपमा रहेको बताइन्छ । राजु श्रेष्ठले हिजो गगन थापाका मानिस भनेर चिनिने केही युवाहरूलाई आफ्नो मुट्ठीमा लिएर एक अनलाइन पत्रिका समेत संचालन गरेको बताइन्छ । सो अनलाइन पत्रिका गगन थापा बिरोधी माहौल सिर्जनामा लागि परेको यस क्षेत्रका कांग्रेसी कार्यकर्ताहरु बताउँछन् ।

नेपाली कांग्रेसले श्रावण १४ गते गाउँ तथा वडा अधिवेशन, श्रावण १७ गते नगर अधिवेशन, श्रावण २२  गते क्षेत्रिय  अधिवेशन,श्रावण २८ गते जिल्लाको  अधिवेशन र भाद्र २४ देखि २८ महाअधिवेशन मितितय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।