राहत बाँड्न कुन–कुन डनलाई खटाए प्रधानमन्त्रीले ?

काठमाडौं, जेठ १२ – भूकम्पपीडितलाई सहयोग गर्न बनाएका संयन्त्रमा दलहरुले डनहरुलाई पनि प्राथमिकता दिन थालेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले शनिबार कुमार घैंटे (कुमार श्रेष्ठ) लाई राहत कार्यक्रमका लागि काठमाडौंको उपसंयोजकको जिम्मेवारी दिई बालुवाटारमा बिदाइ गरे । कांग्रेसको खेलकुद विभागले बनाएको स्वयंसेवक टोलीमा घैंटेलाई उपसंयोजक बनाइएको छ ।

kumar-ghaite

जसमा प्रायः गुन्डागर्दी पृष्ठभूमिका व्यक्ति छन् । टोलीको संयोजकमा हात्ती भनेर चिनिने राजु श्रेष्ठ छन् । घैंटेसहितको समूहलाई प्रधानमन्त्री आफैंले बिदाइ गरेपछि प्रहरी अधिकारीहरु अचम्ममा परेका छन् । उक्त समूहले शनिबार काभ्रेस्थली तथा आइतबार चुनिखेलमा राहत तथा पुनस्र्थापनाको काम गरेको थियो । प्रहरीले पक्राउ गर्ने डरले विदेश भागेका घैंटे भूकम्पपछि नेताहरुको संरक्षणमा फर्किएर सक्रिय भएका हुन् । गुन्डाहरुलाई दलहरुले प्रश्रय दिन थालेपछि प्रहरी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । –

तपाइँको प्रतिक्रिया ।