अनिल राय अर्थात क्रश फेड र्यापर

अनिल राय अर्थात क्रश फेड र्यापर

Fullscreen capture 232015 73908 AM

कपन अनलाइन\माघ २०,२०७१
कपन अनलाइनमा आजका प्रतिभाको रुपमा आधुनिक नेपाली संगीतमा अगाडि बढ्न खोज्दै गरेका युवा अनिल रायलाई लिएका छौं । संगीत क्षेत्रमा र्यापरको रुपमा उदाउँदै गरेका तारा हुन् । कपनमा बसोबास गर्ने अनिल क्रश फेड र्यापरको रुपमा संगीत क्षेत्रमा पाइला चालिरहेका छन् । २० वर्षे कलिलो उमेरमा बिभिन्न र्याप गीतमा आफूलाई उपस्थिति देखाइसकेका अनिलले इन्टिगेटेड कलेजमा बाह कक्षा पास गरेका छन् । अध्ययनसहित मल्टिमिडिया क्षेत्रमा आफूलाई अगाडि बढाई रहेका छन् । भिडियो तथा अडियो सम्पादन पनि पोख्त बनिरहेका छन् । भिडियो निर्देशनमा पनि हात हालेका छन् । आफूले गाएको गीतलाई उनले आफैले निर्देशनसमेत गरेका छन् । पप गायक निमेश श्रेष्ठबाट प्रभावित बताउने अनिलले क्रश फेड गाइज भन्ने व्याण्ड पनि बनाएका छन् । अनिलका प्रिय तिमी र आकाशमा हेरिहन्छु भन्ने दुई गीत नेपाली संगीत बजारमा आएको छ ।

तपाइँको प्रतिक्रिया ।